• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मैले दुई महिनामै तीतो अनुभव गरें संविधान स्वीकार्न नसक्नेहरुसँगको सहकार्यमा : प्रचण्ड

" मैले दुई महिनामै तीतो अनुभव गरें संविधान स्वीकार्न नसक्नेहरुसँगको सहकार्यमा : प्रचण्ड  "

  •    अभियान हाम्रो डट कम / शनिबार, फागुन १३, २०७९  

  • शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म हामीले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न अहिलेको चुनौती भएको बताए।

    उनले भने, ‘राजनीतिमा उतारचढावहरू हुन्छन्। धेरै किसिमका सम्भावना पनि हुन्छन्। हामीले परिवर्तनका पक्षधर शक्तिहरूलाई केन्द्रित गरेर जनताको आशा र अपेक्षा अनुसार जान सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती हुन्छ। आजको दिन संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र कार्यान्वयन गर्नेहरू एक ठाउँमा आएका छौँ।’

    देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै अर्थतन्त्र पछिल्लो केही महिनामा सकारात्मक सन्देश देखिएपछि संकटमुक्त नभएको बताए।

    उनले भने, ‘राजनीतिक के हो भन्न अवस्थाबाट पनि मुक्त हुन सकेको छैन। हिजो नयाँ परिस्थिति देखियो। फागुन ७ गते संविधानले नचिनेको नाराहरू लागे। संविधानमा राजा महाराजालाई कहीँ स्थान दिएको छैन। त्यसलाई मैले ठुलो चुनौतीको रूपमा महसुस गरे। त्यसै कारणले स्वभाविक रूपमा लोकतन्त्रलाई सदृढ गर्ने स्वभाविक कोर्स के हुन्छ भन्ने १२ बुँदे सम्झौताको सहयात्रीहरू मिलेर मात्रै देशलाई स्थायित्व र विकास र समृद्धि दिन सकिन्छ भन्ने लाग्यो।’

    संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता मात्रै पैदा गर्ने उनको भनाइ छ।

    उनले भने, ‘पटक पटक संसद् विघटन गर्ने कुरा भयो। र संविधानमाथि एकपछि अर्को प्रहार हुने स्थिति देखा गर्‍यो। म प्रधानमन्त्री भएपछि जुन शक्तिहरूले हौसिएर संविधानले पूर्वराजाको रूपमा बस्न दिएको छ। अरू रूपमा चिन्दैन। म जुन गठबन्धनमा छु यो संविधान र राष्ट्रको हितमा छैन भन्ने मलाइ लाग्यो।’

    उनले अहिले राष्ट्रपतिमा आफूहरूले अघि सारेको रामचन्द्र पौडेल लोकतन्त्र र राष्ट्रको हितप्रति कहीँ कसैसँग नझुक्ने दाबी गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.