पाँचथरको हिलिहाङ गापा-७ मा आगोले जलेर दुईजना बालकको मृत्यु भएको छ
शुक्रबार साँझ ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा घरभित्र खेलिरहेका फिदिम नपा-५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातिको ४ वर्षीय छोरा निशान खाति र छिमेकी कुमार पन्थाकको ५ वर्षीय छोरा सेसे पन्थाकको आगोले जलेर मृत्यु भएको प्रदेश १ प्रहरीका प्रवक्ता सुनिल दाहालले जानकारी दिए ।
जिप्रकाबाट गएको १० जनाको टोलीले स्थानियको सहयोगमा नियन्त्रणमा लिएको छ । आगोलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।







