कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको निरौलाले बताए ।
‘तलब नपाएका कर्मचारीले राम्रोसँग काम नगर्न सक्छन्, तलब समेत नपाएको मनोविज्ञान रहेको अवस्थामा हवाई सुरक्षामा जोखिम बढी हुनसक्छ,’ प्रवक्ता निरौलाले भने, ‘त्यसैकारण अहिलेलाई उडान गर्न नदिने निर्णय गरेका हौं ।’