• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लुटपाट र आगजनी : घटनामा संलग्न रहेको आरोपमा दशजना पक्राउ


  •    संवाददाता/ बुधबार, फागुन ०३, २०७९  

  • यातायात मजदुरले गरेको आन्दोलनको क्रममा लोत्से मलमा तोडफोड र लुटपाट गर्ने कार्यमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले भर्खरै पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।

    पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोनलगायतका सामानहरू चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

     

    पक्राउ पर्नेमा दैलेखको भगवती गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं– २६ सामाखुसी बस्ने ३५ वर्षीय नवीन खड्गी, रुपन्देही खैरेनी नगरपालिका– ५ घर भई काठमाडौं– २६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका– ४ स्थायी घर भई काठमाडौं महानगरपालिका– १५ स्वयम्भु बस्ने १८ वर्षीय प्रदीप बस्नेत छन् ।

    एसएसपी कार्कीले पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता (ऐन), ०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए।

     

    उनले घटनामा संलग्न अन्य संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ गर्ने कार्य भइरहेको सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

    यसैगरी, प्रहरीले सोही दिन प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड गरी आगजनी गर्नेहरूलाई पनि पक्राउ गरेको छ।

    यातायात मजदुरले गरेको आन्दोलनको क्रममा बा. २ झ १४४ नम्बरको स्कारपियो गाडी र बा. १ झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी भएको थियो।

    पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका– २ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका –१० मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका – ३ घर भई काठमाडौंको टोखा नगरपालिका– ३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ बेँसीसहर नगरपालिका– ५ घर भई तार्केश्वर नगरपालिका– १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ र काभ्रेपलान्चोक मानेडाडाँ गाउँपालिका घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ छन्।

     

    यसैगरी, प्युठान कडी गाउँपालिका– १ घर भई गोंगबु बस्ने १८ वर्षीय दीपेन्द्र पुनमगर, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका– २ घर भई काठमाडौं १६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्का छन्।

    उनीहरूलाई मुलुकी अपराध संहिता ०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसुरसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी एसपी रिजालले जानकारी दिए।

    उनले घटनामा संलग्न रहेको आशंकामा अन्य दशजनालाई पनि नियन्त्रणमा लिई छानबिन भइरहेको बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.