• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कबि कमरेड सतिसाल द्वारा लिखित “तिमी बेथु म बेथुवा “


  •    संवाददाता/ मङ्गलबार, फागुन ०२, २०७९  

  • अभियान हाम्रो  डट कम
    अल्चना श्रेष्ठ
    नै प्रकृतिप्रेमीले
    वर्णन गर्न लाग्दा-लाग्दै भुलेको
    कुनै कविले
    प्रियबिम्ब छान्दा-छान्दै छुटेको
    भव्य अट्टालिकाको
    आकर्षक गमलाभन्दा धेरै पर
    सिङ्गै ऋतुचक्रको अर्धवृत्तमा
    जीवनका सर्वाङ्ग आयामहरु
    भोगचलन गरेर
    हिउँदे सिरेटोको बर्फिला बयेलीसँगै
    लहरी-लहरी
    भुइँफूल झैँ मुस्कुराइरहने
    तिमी मेरी बेथु म तिम्रो बेथुवा
    कुनै,
    गणितीय आयतनमा
    सुन्दरता र कुरुपताको
    धावनमार्ग निर्धारण गरेर
    निर्धारित म्याराथन दौडिरहने
    नयनहरु
    सहजै अर्थिएको हो हाम्रो नजरमा
    अभ्यस्त स्थूलदृष्टि
    त्यसैले त,
    म मा, न तिमीले-
    कुनै दन्त्यकथाको राजकुमार खोज्यौ
    तिमीमा, न मैँले-
    गुलाफ खोजेँ , जून खोजेँ
    नखोजेरै, नरोजेरै एकाकार
    प्रेमिल-प्रेमिल हाम्रो सहयात्रा
    औंलाले नङको छत पाए जस्तो
    शिरले केशको ओत पाए जस्तो
    कुनै अजर, अमर कृतिको
    जीवन्त पात्र-पात्रा जस्तो
    तिमी मेरी बेथु म तिम्रो बेथुवा
    जहाँ,
    उम्रौं , फैलौं, फक्रऔं
    पहाड होस या तराई
    न पिरल्यौं कुनै बुट्यान
    न खोस्यौं कसैको स्वत्व
    बरु, तप्काए बडा वृक्षले
    हाम्रै माथि विषालु तप्केनी
    हूलौ-हूल,
    सलह आए, रित्त्याएर गए
    र पनि,
    न भयौं सिस्नु जस्तो
    न भयौं नीम जस्तो
    अन्योन्याश्रित हाम्रो मिठास
    गुन्द्रुक जस्तो , ढिँडो जस्तो
    थोरै-थोरै चटनी जस्तो
    तिमी मेरी बेथु म तिम्रो बेथुवा
    भएरै पनि नभए जस्तो
    भूगोलकै नेत्रमा ओझेलिएर पनि
    हुनु र नहुनुको आभाष दिलाई दिने
    तिमी मेरी बेथु म तिम्रो बेथुवा
    – सतिसाल , भरतपुर-११, चितवन
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.