काठमाडौं।
नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि पहिलो चरणको राहत सामाग्री पठाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामाग्रीहरु आज सोमबार दिउँसो टर्की पठाइएको हो।
राहत सामाग्रीमा औषधि, मेडिकल उपकरण, कपडालगायत अन्य अत्यावश्यक सामाग्रीहरु समावेश छन्। माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामाग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो।
गत टर्की र सिरियामा गरी ३० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।