रामेछापको खाँडादेवी गाउँपालिका स्थायी घर भई टंकप्रसाद मार्गमा डेरा गरी बस्ने किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको काठमाडौं प्रहरी परिसर प्रबक्ता दिनेश मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । बाबु शौचालयमा झुन्डिएको अवस्थामा छन् । छोरी शारिरिकरूपमा अशक्त रहेकको बताइएको छ ।
दिउँसो बाहिर गएकी श्रीमती साँझ कोठा फर्कँदा भित्रैबाट बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ