• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रवि र रास्वपा पछि हटे,गृहमन्त्रालयको अडानबाट भौतिक योजना मन्त्रालयमा दावी


  •    संवाददाता/ शनिबार, माघ २१, २०७९  

  • काठमाडौं २१ ।

    गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो अडानबाट पछि हट्दै सत्ता गठबन्धनमा रहने भएको छ ।विहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा आफ्नो पूर्व अडानबाट ब्याक भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाई छ ।

    रास्वापाका एक प्रभावशाली सांसदका अनुसार पनि सकेसम्म गृहमन्त्रालयको दावी गर्ने यदि संभव नभए अर्को मन्त्रालय लिएर भएपनि सत्ता गठबन्धनमै रहने आन्तरिक समझदारी रहेको बताएका छन् ।
    ‘दुई दिने अल्टिमेटम दिएको भए पनि रास्वपाले गृहमन्त्रालयको दाबी छोडेको छ’, प्रधानमन्त्रीनिकट एक नेताले भने ‘गृहसँगै उनीहरूले गैरसांसद रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्ने अडान पनि छोडेका छन् ।’

    भौतिक पूर्वाधार वा अर्को कुनै मन्त्रालय विकासे मन्त्रालइलिनेगरी गरी रास्वपा नयाँ सहमति गर्न तयार भएको छ । ‘गृह मन्त्रालय नपाउँदा सरकार छोड्दाको हानिनोक्सानी र आलोचना उनीहरूले नै धेरै बेहोर्नुपर्ने भएपछि उनीरूले गृह र रविको दुवै दाबी छोड्ने मनस्थिति बनाएका हुन्’ ।
    माओवादीको बैठकबाट बाहिरिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘अहिले मेरो कुरा हुँदैछ, समस्याको समाधान हुन्छ’ भन्दै बाहिरिएका थिए । प्रचण्ड शनिबार माओवादी बैठकपछि बाहिरिएपछि साँझ रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

    यो भेटमा पनि प्रचण्डले गृहमा अडान नलिँदा अवस्था सहज हुने भन्दै विकल्प सोच्न सुझाएको बालुवाटार स्रोतको दाबी छ । प्रचण्डको भनाइमा रविले विकल्पको निम्ति तयार रहेको जनाउ दिएको बुझिएको छ ।प्रधानमन्त्रीलाई भेट्न लामिछाने शनिबार सांझ बालुवाटार पुगेकथिए । ।

    ४ मंसिरमा रास्वपा अध्यक्ष लामिछानेले प्रयोग गरेको नागरिकता नै सर्वोच्च अदालतले अमान्य कायम गरेपछि १३ माघमा उनको सांसद पद खारेज भएको थियो । सँगै गृहमन्त्री र पार्टी सभापति पद पनि खारेजीमा परेको थियो । तर १५ माघमा रवि पुनः नेपाली नागरिकता निकालेलगत्तै सोही दिन पार्टी सभापति बने ।

    नागरिकता पाएकै दिनदेखि रविले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्रीसँग तीन पटक भेटेरै दबाब दिएका थिए ।

    एमाले अध्यक्ष केपी ओलीलाई पनि पटकपटक भेट गरे । शनिबार विहान एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू रबिलाई नै गृहमन्त्रीदिने भन्ने पक्षमा नरहेको बताएपछि प्रचण्डले राहत महसुस गरेका थिए ।  स्रोताका अनुसार ओलीले एकाएक  टोन बदल्नमा केही वरिष्ठ नेताहरु र शितलनिवासले समेत ओलीलाई राष्ट्रपति निर्वाचनसम्म प्रचण्डलाई चिढाउन नहुने सझुाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    ताजा अपडेट
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)
    • बिकास बिरोधिले रंगशालामा छरेको भ्रमको बीउ चुनाबमा फसल उठाउने नियत: s.p.regmi

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.