• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

काभ्रे पनौती नगरपालिकाले सहकारीमा कानुन विपरितका संचालकलाई राजिनामा गर्न अनुरोध


  •    संवाददाता/ शनिबार, माघ २१, २०७९  

  • पनौती  नगरपालिकाले सार्वजनिक सूचनामार्फत नियम विपरित सहकारीमा संचालक बसेका संस्थाहरुको विवरण सार्वजनिक गर्दै संघिय, प्रदेश र स्थानिय सहकारी ऐन तथा निर्देशन पालना गर्नु सबैको कर्तव्य रहेको उल्लेख गरेको छ ।

    ‘संघ, प्रदेश र स्थानिय सहकारी ऐन कानुन लगायत विभागिय निर्णय र परिपत्रले गरेका व्यवस्था गरेका विषयलाई स्वयंम कार्यान्वयन गर्ने विषय सम्झी स्वनियमनको मर्म र भावनालाई आत्मसात गरी सहकारी क्षेत्रमा देखापर्नसक्ने विकृती र विसंगतिबाट जोगिनु÷जोगाउनु हामी सबैको दायित्व रहेको ब्यहोरा समेत सम्वद्ध सबैमा अनुरोध गरिन्छ’ नगरपालिकाको सूचनामा उल्लेख छ ।

    नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढि सरकारी विद्यालयका शिक्षक सहकारीमा संचालक रहेको पाइएको छ । यसबाहेक निजामती कर्मचारी, प्रहरी, स्थानिय निकायका कर्मचारीलगायतल सहकारीमा संचालक बसेका छन् । यस्तै कतिपय व्यक्तिहरु एक भन्दा बढि संस्थामा समेत संचालक रहेको पनि नगरपालिकाले जनाएको छ । संघिय सहकारी ऐनमा सार्वजनिक पदमा वहाल रहेको पदाधिकारी वा व्यक्ति सहकारी संघसंस्थाको संचालकमा बस्न नपाउने व्यवस्था गरिएको छ।

    वागमती प्रदेशको सहकारी ऐनमा भने ‘संघिय मन्त्री, प्रदेश मन्त्री, जिल्ला समन्वय समितिका प्रमूख तथा उपप्रमूख, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडाअध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष पदमा रहेको व्यक्ति सहकारी संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समितिमा निर्वाचित तथा मनोनित हुनेछैन’ भन्ने प्रावधान छ । तर, संघिय सहकारी ऐनसँग प्रदेश र स्थानिय तहको कानून बाझिएमा स्वतः खारेज हुने व्यवस्था छ ।

    यसैगरी ऐनको प्रावधान कार्यान्वयनका लागि संघिय रजिष्ट्रारले २०७८ फागुन १ गते निर्देशन नै जारी गरेको थियो । त्यसपछि २०७९ जेठ १२ गते जारी गरिएको निर्देशनको २ नं बुँदामा पनि सार्वजनिक पदमा वहालवाला व्यक्ति सहकारीको संचालक भएमा तत्काल राजिनामा दिन र आगामी साधारणसभामा उपनिर्वाचन गरी पदपूर्ति गर्न निर्देशन दिएको छ । तर, सहकारी महासंघलेदेखि केन्द्रीय संघहरुमा नै कानुन विपरित संचालक बसेपनि नियामकले कारवाही गर्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.