पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा १३ वर्षीया बालिका मृत भेटिएकी छिन्। लेकसाइडस्थित तालबाराही माविको कक्षा ७ मा अध्ययनरत १३ वर्षकी छात्रा मृत भेटिएकी हुन् ।
गएराति झुण्डिएको अवस्थामा फेला परेकी ती बालिका किन झुन्डिन बाध्य भईन् भन्ने बारेमा केही नखुलेको प्रहरीले जानकारी दिएको छ।उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








