• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रधानमन्त्रीलाई रविले भने : मलाई गृहमन्त्रीकै जिम्मेवारीमा फर्काइदिनू


  •    संवाददाता/ सोमबार, माघ १६, २०७९  

  • आइतबार मात्रै नेपाली नागरिकता पुनःप्राप्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा चयन भएका रवि लामिछानेले पुरानै जिम्मेवारीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन्।

    आइतबार साँझ साढे ७ बजे बालुवाटार पुगेका लामिछानेले दलको नेतृत्वमा रहेकाले सरकारमा पनि आफ्नै कमाण्ड हुनुपर्ने बताएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

    नागरिकताको मुद्दा मिलेको बताउँदै उनले केही दिनमै राहदानीको विषय पनि सल्ट्याउने विश्वास दिएर प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त तुल्याउन खोजेका छन्।

    ‘उहाँको कुरा प्रधानमन्त्रीसँग उपप्रधान एवम् गृहमन्त्री नै बनाइदिनु पर्‍यो, नत्र पार्टीमा अप्ठ्यारो पर्छ भन्ने थियो, प्रधानमन्त्रीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘६ महिनापछि उपनिर्वाचन जितेरै आउँछु, अहिलेलाई पुरानै भूमिका दिनुस्।’

    ‘रविजीले आफ्नो भूमिका मिलाउनु पर्छ, त्यही भएर पूर्वसहमति नै कार्यान्वयन गरौँ, यसमा कुनै समस्या पर्दैन, कानुनी जटिलता पनि छिट्टै हल हुन्छ भन्नुभयो’, स्रोतले थप्यो।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले सात दलीय सत्तम गठबन्धनभित्र सल्लाह र राय लिएर निर्णय गर्ने बताएका छन्।

    ‘गठबन्धनभित्र छलफल गरौँ, निर्वाचन आयोग र कानुनविदसँग पनि बुझौं,’ प्रधानमन्त्रीले भने, ‘अब यो विषयमा प्रतिक्रिया के आउँछ? भोलि समस्या नपर्ने गरि निर्णय गर्नुपर्छ।’

    खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश दिँदा रविले सांसद, उपप्रधान एवम् गृहमन्त्री र पार्टी सभापति सबै एकसाथ गुमाएका थिए।

    आइतबार नागरिकता पुनःप्राप्ति गरेपछि उनले फेरि गृहमा फर्किने गरी पार्टीमा निर्णय गराइसकेका छन्। आइतबार नागरिकता लिएसँगै उनले रास्वपा सदस्य, केन्द्रीय सदस्य र पार्टी सभापतिको जिम्मेवारी एकै दिन लिइसकेका छन्।

    अब उनी गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितव क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेर आउने योजनामा छन्।

    आइतबार साँझ नै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। त्यहाँ पनि गृहमन्त्रालयबारे कुरा भएको बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.