• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिंहदरबारभित्र खानेपानीमा दुई करोड खर्च , निजी कम्पनीका बोतल र जारको पानीमा बन्देज


  •    संवाददाता/ बिहिबार, माघ १२, २०७९  

  • काठमाडौं

    सिंहदरबारमा तीन दिनभित्र निजी कम्पनीका बोतल र जारको पानीमा बन्देज लगाउने घोषणा सरकारले गरेको छ । केयुकेएलमार्फत नै सरकारी धारा, ट्यांकर र जारको पानी व्यवस्था गर्ने सरकारी योजना छन् ।

    खानेपानीमन्त्री अब्दुस खानले बुधबार पदभार ग्रहण गर्दै सिंहदरबारभित्रका हरेक मन्त्रालयका छतमा ट्यांकी राखेर वा धारा जडान गरेर केयुकेएलअन्तर्गतकै खानेपानीको व्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले यो काम तीन दिनभित्र गर्न मन्त्रालयका सचिव मणिराम गेलाललाई निर्देशन दिएका छन् । सिंहदरबारभित्र हुने सभा, गोष्ठी, सम्मेलनजस्ता कार्यक्रममा निजी खानेपानी उद्योगबाट खरिद गरिएका बोतल र जारको पानी नल्याउन पनि मन्त्री खानले कर्मचारीलाई निर्देशन दिए ।

    ‘हामीकहाँ यति धेरै खानेपानी वितरण गर्ने सरकारी संस्था छन्, तर सिंहदरबारमा किन बोतल र जारको पानी किनेर खाइरहेका छौँ ?’ प्रश्न गर्दै उनले निर्देशन दिए, ‘तीन दिनभित्र सचिवज्यूले सिंहदरबारमा केयुकेएल, नेपाल खानेपानी संस्थान र मेलम्चीको पानी ल्याउने व्यवस्था मिलाउनुहोला ।’

    तेस्तै सरकारले सिंहदरबारमा बोतल र जारको पानी बन्देज लगाउन थालेको भन्दै नेपाल बोटल वाटर उद्योग संघले आपत्ति जनाएको छ । यदि यो नियम लागू भए बोतल र जारको खानेपानी अत्यावश्यक पर्ने सरकारी निकायमा पनि नपठाउने संघको चेतावनी छ । ‘उपत्यकामा खानेपानीको चुहावट रोक्न छाडेर सरकारले बोतल र जारको पानीमा आँखा लगाउनु राम्रो होइन,’ संघका अध्यक्ष ध्रुव गौतमले भने, ‘यदि यो नियम लागू भए आवश्यक पर्ने अन्य ठाउँमा पनि हामीले बोतल र जारको पानी दिँदैनौँ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.