• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आइतबार पोखरा आकाशमा दुर्घटना ग्रस्त विमानको नालिबेली

"आइतबार पोखरा आकाशमा दुर्घटना ग्रस्त विमानको नालिबेली "

  •    संवाददाता अभियान हाम्रो डट कम / मङ्गलबार, माघ ०३, २०७९  

  •        नेपाली आकाशमा 9N-ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई ईञ्जिन रहेको सन २००७ को अगष्ट १ मा निर्मित विमान हो । lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा उपलव्ध गराए पछि VT-KAJ कोडका साथ २००७ को अगष्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो । कन्स्ट्रक्सन नम्वर ७५४ रहेको सो विमान २०१२ को अन्तमा किङफिसरले फिर्ता गरेको थियो । त्यसपछि अप्रिल २०१३ मा मर्मत गरि थाइल्यान्डको नोक एयरलाई पून लिजमा उपलव्ध गराएको थियो । सन २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर 9N-ANC कोडमा उडाउन थालेको थियो ।
            सो विमानले आजै विहान देखि तीन उडान गरेको थियो । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७:४५ मा पोखराबाट काठमाडौं फर्केर पून १०:३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे तीन घण्टामा तीन उडान गर्दा बिचमा विमानको परिक्षण गर्यो या गरेन सोचनीय छ।
    अविश्वसनीय यस दुर्घटनाको विमान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि महत्त्वपूर्ण विमान पनि थियो । यहीँ विमानले पौष ७ गते नयाँ नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पौष १७ गते उद्घाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यहि थियो ।
               पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको सो विमान के कति कारणले पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन । धेरैका धेरै तर्क वितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमान भित्र कुनै टेक्निकल खराबीका कारण दुर्घटना हुन सक्ने आकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।
           दुर्घटना ग्रस्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुइ बालकहरु र तीन शिशु पनि रहेको जानकारी दिइएको छ । साथै ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीसंग सम्पर्क गर्दा वहाँले दुर्घटना ग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्दार नगरिएको जानकारी दिनुभएको छ ।
    पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।
    Cp Sunil Ulak
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.