• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक बुहारीको पिडा : मलाई तपाईंको केही चाहिएको छैन मलाई सिर्फ आफ्नो श्रीमान!

"एक बुहारीको पिडा : मलाई तपाईंको केही चाहिएको छैन मलाई सिर्फ आफ्नो श्रीमान! "

  •    संवाददाता अभियान हाम्रो डट कम / मङ्गलबार, माघ ०३, २०७९  

  • लेखक

      सन्तोष कार्की मौसुफ

    आज बिहान ५:३० मा सुतेर उठे हरेक दिन जस्तै बाहिर चिसो र हुस्सु लागेको थियो, मलाई शरीर बाट सिरक हटाउन मन लागेकै थिएन। अस्ति मकर सक्रान्ती बिदाको दिन, त्यही दिन पोखरामा प्लेन दुर्घटनाको कारण हिजो सार्बजनिक बिदा जे-जे बिदा भएपनि हामी गृहिणीलाई कहिले बिदा नहुदो रहेछ.. बिहानको स्कुल उनीहरुको खाना, टिफिन सबै तयार गर्नुपर्ने थियो।

             गिजर, मोटर चलाउनु थियोे, बिहान उठेपछि सबैलाई तातो पानी चाहिन्छ। सुति-सुति सोचिरहेकी थिए आज के बनाइदिउँ.. ६:३० मा सासुआमा बुबालाई पनि चिया लगेर दिनुपर्छ। त्यसपछि ५:४५ को दोस्रो आलाराम बज्यो म हडवडाउदै उठे। र कहिले नसकिने दिनचर्या सुरु भयो.. सासुआमा बुबालाई चिया दिएर सन्तोष लाई उठाएँ। बिहानको लागि चिया-नास्ता बनाए, कपडा निकाल्दिए।
                कोठाबाट सन्तोष को आवाज आयो, दुर्गा मेरो सेतो सर्ट कहाँ छ? मैले भने: “त्यो सर्ट त सुकेकै छैन।”
    सन्तोष: के भन्यौं रे सुकेकै छैन रे..?
    ३ दिन देखि घाम लागेको छैन कसरी सुक्छ त, मैले भने।
                                      May be an image of 1 person, sitting and text that says 'मौसुफ'
          सन्तोष: “धेरै बहाना बनाउन छोड्दे, म अफिस गएपछि दिनभर आराम गरेर बस्छेस, दिनभर मोबाइलमै लागि रहन्छौ , अरु के नै काम छ र तेरो..”
    मेरो आँखाको डिल वरिपरि आँसुले भरिएको थियोे। मानौ यस्तो लागिरहेको थियो कोही मालीक ले आफ्नो नोकर लाई गाली गरिरहेको छ। सासूआमा र ससुरा बुबाले पनि सन्तोष ले भनेको कुरा कोठाबाट सुने झै लागीरहेको थियोे। सन्तोष ले रिसाउदै झोला बोके र अफिसको लागि गएँ।
                   तब मोबाइल फोनमा नटिफिकेशन आयो आज हाम्रो बैबाहिक बर्ष गाँठ हो भनेर ।
    हाम्रो आजकै दिन बिहे भएको थियो। हाम्रो मागी बिबाह हो, आजको दिन सन्तोष र मेरो जिबनको सुरुवात दिन हो। यो सोचेर आँसु आयो के आजको दिनको कुनै भ्यालु छैन मेरो लागि…
    मैले एउटा कागज लिए, र थाहा छैन के सोचेर लेख्न बसे..
    प्रिय सन्तोष, अहिले याद आयो कि आज हाम्रो बैबाहिक दिन हो भनेर.. र तपाइँलाई त याद पनि छैन होला। मलाई याद छ पहिलोपटक हामीले कति राम्रोसँग सेलिब्रेट गरेर मनाएका थियौं हाम्रो बैबाहिक बर्षगाँठ, मैले सोचेकी थिए जहिल्यै हाम्रो बर्षगाँठ यसैगरी मनाउँछौ भनेर।
    तपाइँलाई थाहा छ जब पहिलोपटक तपाईं मेरो माइतीघरमा आउनुभएको थियोे मलाई हेर्नको लागि, मलाई देखेपछि हेरेको हेरै गर्नुभएको थियोे, केही सोध्नु पनि भएको थिएन यति मात्रै सोध्नु भएको थियोे “तपाइँलाई म मनपर्छ..?” त्यसपछि हाम्रो बरमाला engagement भयो मेरो जिबनको सबैभन्दा सुन्दर दिन थियोे, हामीले सपना सजायका थियौं कति कसम बाचाहरु खाएका थियौ एकअर्कालाई ख्याल राख्छौ भनेर। हामी साथमा नभएर पनि साथमै थियौं, त्यसपछि हाम्रो बिबाह भयो त्यसरात तपाईंले मेरो हात आफ्नो हातमा राखेर भन्नुभएको थियो: “तिमीले जहिले मलाई साथ दिनु,मलाई मेरो आमाबुबाको कमि महसुस हुन नदिनु।” मलाई लागेको थियो अब अरु केही चाहिदैन मेरो जिबनमा…
     तर जब-जब मलाई आफ्नो श्रीमानको आवश्यकता पर्यो तपाईं साथमा हुनुहुन्न थियोे। मैले लगाउने लुगा देखि लिएर थर पनि तपाईंको नै राखे।
                आवश्यकता अनुसार मेरो दिनचर्या परिवर्तन गरे। मेरो सपनाहरू लाई सम्बन्धमा परिवर्तन गरे। तर तपाईं, जब मेरो आमा बिरामी हुनुहुन्थ्यो, तपाईंको भाइको बिहे थियोे म आमालाई हेर्न जान पाइन। जब मेरो दाजु भाउजूको बैबाहिक बर्षगाँठ थियो, तपाईंको आमा बिरामी हुनुहुन्थ्यो म जान पाइन। जब मैले जागिर गर्न चाहन्थे, तपाइँलाई छोराछोरी जन्माउने हतार थियो, तब मैले आफ्नो मसिना बच्चा छोडेर घर बाहिर जान सकिन तर तपाईंले मलाई आराम गरेर बसेकी छेस भनेर भन्न छोड्नु भएन। तपाईं सँग तपाईंको आमाबुबा, भाइ बहिनी परिवार छन मसँग त सिर्फ तपाईं हुनुहुन्छ। तपाईं सँग तपाईंको जागिर, तपाईंको साथीहरु, स्वतन्त्रता सबै छ।
                    मसँग त सिर्फ तपाईं हुनुहुन्छ जसलाई सायद मेरो आवश्यकता नै छैन। मलाई कहिले यस्तो जिन्दगी चाहिएको थिएन के तपाइँलाई चाहिएको थियो..? मलाई जान्नु छ तपाईंको जिबनमा मेरो आवश्यकता कति छ भनेर..? मलाई तपाईंको केही चाहिएको छैन मलाई सिर्फ आफ्नो श्रीमान चाहियो। म सबै खुशी-खुशी गर्छु तर कामदार्नी जसरी होइन एउटि जिबनसाथी जसरी ।
    ….. तपाईंको दुर्गा ।
    र अब मैले पर्खनुछ बेलुका सन्तोष आउन र मैले उहाँलाई यो चिट्ठी दिन सकु।
          साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.