• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

उच्च अदालतले दियो आदेश सन्दीप लामिछानेलाई धरौटीमा रिहा

"उच्च अदालतले दियो आदेश सन्दीप लामिछानेलाई धरौटीमा रिहा "

  •    संवाददाता अभियान हाम्रो डट कम / बिहिबार, पुष २८, २०७९  

  • काठमाडौं ।

    उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइदिएको छ ।

    इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ ।  सूचना अधिकारी दिनेश पौडेलले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए । अरु पूर्वसर्तहरु पनि रहेको उनको भनाई छ ।

    न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै आदेश उल्ट्याएको हो ।

    बहसमा सन्दीपको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनामा राख्ने आदेश बेरितको रहेको जिकिर लिएका थिए । जाहरेवालाको बयानको आधारमा मात्र सन्दीपलाई थुनामा राख्न नहुने  तर्क गरेका थिए ।

    नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो । साथै इजलासलाई सन्दीपको मानसिक अवस्था विग्रिँदै गएको व्यवसायीले जानकारी दिएका थिए ।

    सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए । त्यस्तै जाहरेवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकीलेले बहस गरेका हुन् ।

    दुवै पक्षको बहसपछि इजलासले जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै सो आदेश उल्ट्याएको छ । यससँगै सन्दीपलाई पुर्पक्षका लागि धरौट लिई तारिखमा छाडेको छ ।

    साभार  १२ खरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.