• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा टेलिभिजनलाई मिडिया कप फुटसलको उपाधि

"पोखरा टेलिभिजनलाई मिडिया कप फुटसलको उपाधि "

  •    संवाददाता अभियान हाम्रो डट कम / बिहिबार, पुष २८, २०७९  

  • रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडियाकप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद रु. ४० हजार, तथा दोश्रो भएको रेडियो अन्नपूर्णले नगद रु. २५ हजारका साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी सौगात परियार, उत्कृष्ट गोलरक्षक प्रभात आचार्य र उत्कृष्ट गोलकर्ता विनोद पौडेल बने । प्रतियोगिताको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमले पत्रकारको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    वि.सं. २०६३ सालदेखि सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मार्फत सामाजिक उत्तरदायित्वका विविध रचनात्मक कार्यक्रमहरुको साथमा दोश्रो पटक मिडियाकप सम्पन्न गरिएको संस्थाका अध्यक्ष तथा रेडियोका कार्यकारी निर्देशक कृष्ण बहादुर थापाले बताए ।

    रेडियोका प्रबन्ध निर्देशक अर्जुन बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियोका सल्लाहकार प्रेमबहादुर जि.सि., प्रायोजक संस्था एजुकेशन स्टडी लिंकका प्रमुख तथा रेडियोका निर्देशक रमेश कुमार थापा, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष एकराज गिरी, रेडियोका निर्देशक राममणि पौडेल, चिन्तामणि बाँस्तोला, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्ल, रेडियोका स्टेशन प्रमुख योगेन्द्र श्रेष्ठ लगायतले आ आफ्ना धारणा राखेका थिए ।

    कार्यक्रममा रेडियोका प्राविधिक सागर बाँस्तोला, मैत्रीपूर्ण खेलमा सहभागी महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अन्नपूर्ण केवलकार, एजुकेशन लिंक, कञ्चन कम्प्युटर, महाशिला आल्मुनियम, पोखरा महानगर खेलकुद समिति मुख्य सहयोगी रहेका थए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.