• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनतामा छाएको निराशा अन्त्य गर्छौं, प्रधानमन्त्री प्रचण्ड

"जनतामा छाएको निराशा अन्त्य गर्छौं, प्रधानमन्त्री प्रचण्ड "

  •    संवाददाता अभियान हाम्रो डट कम / बुधबार, पुष २७, २०७९  

  • काठमाडौं ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनस्तर नफेरिने निराशाजनक चित्र बदल्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
    प्रतिनिधि सभामा सरकारलाई विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार मालिक नभएर सुनिने, देखिने र जनताले अनभूत गर्ने सेवक बन्नुपर्ने बताउनुभयो ।
    राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति–पत्र वितरणमा हाल देखिएको समस्यालाई तत्काल समाधान गरिने उहाँले बताउनु भयो । अहिले सेवा लिने कार्यालयमा लामो लाइन लाग्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै वहाँले लाइनमुक्त देश बनाउने घोषणा समेत गर्नुभयो ।
    “      लाइनमुक्त देश मेरो संकल्प हो। म विश्वास दिलाउँछु, देशका हरेक नागरिकलाई लाग्ने छ, सरकार मेरो अभिभावक हो, मेरो पक्षमा छ र मेरा लागि केही गरिरहेको छ।” उहाँले भन्नुभयो, “राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति–पत्र वितरणमा हाल देखिएको समस्यालाई तत्काल समाधान गरिनेछ। एकै प्रकृतिको विवरण फरक फरक निकायहरूबाट संकलन गर्नुको सट्टा डाटा साझेदारीे र अन्तरआवद्धताको भरपर्दो प्रणाली निर्माण गरी सेवा प्रवाहलाई छिटो, छरितो, मितव्ययी र झन्झटमुक्त बनाइनेछ।”

    सामाजिक न्यायको आकांक्षा, विभेद, शोषण र उत्पीडनविरुद्ध आक्रोश अनि सुखी र स्वतन्त्र जीवनको चाहना बोकेर विगतमा ठूलो विद्रोह चलेको उल्लेख गर्नुहुँदै उहाँले अहिले त्यही संकल्प र घनत्वका साथ देश निर्माणमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “हिजो हामीभित्र जुन आवेग थियो, परिवर्तनको जुन संकल्प थियो अब त्यसलाई त्यही घनत्वकासाथ जगाउन र राष्ट्रनिर्माणमा लाग्न म प्रतिवद्ध छु।” वहाँले थप्नुभयो, “यो सम्मानित सदनलाई मेरो अनुरोध छ, सरकारमा म त्यही आवेग जगाएर आफू, देश र यो संसदलाई पनि प्रमाणित गर्न चाहन्छु।”
    देश अहिले पनि सङ्कटमै रहेको र साना सङ्कटहरूको समयमै समाधान नखोजेपछि तिनैले ठूला सङ्कट जन्माउने र आर्थिक सूचकांकहरू सकारात्मक नभएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीका रुपमा मेरो एउटा जिम्मेवारी हुनेछ तर आजसम्म निरपेक्ष गरिबीमा रहेका झण्डै पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न पनि हामी वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नैपर्छ। लाखौं युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि हामीबीच सहकार्य हुनैपर्छ।”

    शासन सञ्चालनका क्रममा विगतमा राजनीति दल र नेतृत्वबाट भएको गल्ती इमान्दारितासाथ स्वीकार गर्नुपर्नेमा समेत वहाँले जोड दिनुभयो । हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेकै कारण देशमा कैयन समस्या जन्मिएको उहाँले बताउनुभयो । “हामी राजनीतिकर्मी कहीं न कहीँ चुकेका छौँ। त्यसो हुन्नथ्यो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुने थिएनन्, आफ्नै परिवारसँग आफ्नै देशमा रमाइरहेका हुने थिए।” वहाँले अगाडि भन्नुभयो, “पचास लाखभन्दा बढी नेपाली अहिले पनि बहुआयामिक गरिबीमा हुने थिएनन्। हाम्रा विश्वविद्यालयहरू क्यालेण्डरसम्म बनाउन नसक्ने गरी भद्रगोल हुने थिएनन्। शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको नियन्त्रणबाट लगभग बाहिर जाने थिएन। विकास आयोजनाहरू यस्तो लथालिंग अवस्थामा हुने थिएनन्। खेलाडीलाई अरू सुविधा त परकोे कुरा, डाइटसम्म दिन नसक्ने अवस्था हुने थिएन।”

    प्रधानमन्त्री प्रचण्डले जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्ने गरी कार्यकाल सुरु गर्न आफूले विश्वासको मत मागेको बताउनुभयो ।
    सम्बोधनका क्रममा वहाँले सरकारका न्यूनतम प्राथमिकता तथा कार्यक्रमहरुका मुख्य बुँदा समेत प्रस्तुत गर्नुभयो । सुशासन, विकास तथा समृद्धिको मार्गचित्र कोर्न शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, भौतिक पूर्वाधार, पर्यटन, राष्ट्रियता, जनजीविका, सामाजिक सुरक्षालगायतका विषयमा सरकारको दृष्टिकोण र मान्यता उहाँले प्रस्तुत गर्नुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.