धादिङ
२४ पौष २०७९, आइतवार ।
पत्रकार र धादिङ अस्पतालका स्वास्थ्यकर्मीबीच आज भएको मैत्रीपुर्ण फुटसल खेलमा स्वास्थ्यकर्मीको टिम विजयी भएको छ ।
धादिङबेसीस्थित बिचबजारमा रहेको फुटसल ग्राउण्डमा भएको खेलमा आयोजक स्वास्थ्यकर्मीको टोलीले पत्रकारको टिमलाई ९–६ गोल अन्तरले पराजित गरेको हो ।धादिङ अस्पतालको आयोजनामा विश्व फुटबलको सर्वकालिन महान (सर्वश्रेष्ठ) फुटबल खेलाडि पेलेको सम्झना तथा सम्मानमा धादिङ अस्पताल र पत्रकार महासंघ धादिङबिच मैत्रीपुर्ण फुटसल खेल भएको हो ।
धादिङबेसी स्थित बिचबजारमा रहेको फुटसल ग्राउण्डमा भएको खेलमा बिजेता टोलीलाई मेडल र उपबिजेता टोलीलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।