, २३ पुष २०७८ ।
अल्चना श्रेष्ठ
मुकुटेश्वरी बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडको ४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा बोल्दै सिन्धुली निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य माननीय लेख नाथ दाहाल ( राजन ) को प्रमुख आतिथ्यमा भएको उक्त्त कार्यक्रम आर्थिक अस्थिरताका कारण कतिपय सहकारी सकंटमा परेको अवस्थामा सहकारीलाई चलायमान बनाएर जोगाउन सक्नु नै उपलब्धी भएको बताए ।

शहर तिर सहकारीलाइ अलि अफ्ट्यारो भए पनि हाम्रो याहा तिर सहज नै छ भन्दै २ वर्ष कोरोनाले व्यापार व्यवसायी ठप्प भएका कारण ऋण लगानी उठाउन कठिन भएको बताउदै , आउने दिनमा सहकारीले सुझबुझ ढङ्गले लगानी गर्नु पर्ने बताए । उनले धैर्यताका साथ सहकारीलाई अगाडी बढाए सहकारीको भविष्य सुनौलो हुने कुरामा दुइ मत नरहेको बताउदै सक्रियताका साथ सहकारी अभियानमा लाग्न संचालक समिति र सबै शेयर सदस्यलाई आग्रह गरे ।

बिशेष अथिति शुनकोसी गाउपालिका अध्यक्ष दिपा बोहोरा ( दाहाल ) ले सस्थालाई थप मजबुत बनाउन सस्थाका हरेक शेयर सदस्यले सहकारी मार्फत नै कारोबार गर्नु पर्ने र मासिक तथा दैनिक वचतमा पनि जोड दिन आग्रह गरे । वार्षिक साधारण सभामा लेखा समितिको प्रतिवेदन , कोषाध्यक्ष को प्रतिबेदन प्रस्तुत गर्नुको साथै kwaalitybeach Reshort मुल्कोट मा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिनोद श्रेष्ठ को अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको संचालन सचिव निर्मला श्रेष्ठले गरे । करिब ९०० जना शियर सदस्य रहेको सहकारी जहा सिन्धुली सुनकोशी गाउपालिका ३ मुल्कोटमा कार्यालय रहेको छ ।
नोट : बिनोद श्रेष्ठ को सहयोगमा तयार पारीयको
abhiyaan Hamro नया पेज भएकोले लाइक र फलो ,शियर पनि गरि दिनु होला








