• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रचण्डलाई विश्वासको मत दिनुस् – जनार्दनले देउवालाई भेटेर भने

"प्रचण्डलाई विश्वासको मत दिनुस् - जनार्दनले देउवालाई भेटेर भने "

  •    संवाददाता/ शुक्रबार, पुष २२, २०७९  

  • नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा धुम्बाराही पुगेका थिए । देउवा प्रधानमन्त्री हुँदा शर्मा विश्वासिला अर्थमन्त्री थिए । डेढ वर्षकाे सहकार्यले देउवा-शर्माको सम्बन्ध निकै राम्रो छ । भेटमा के-के कुराकानी भयो भन्नेबारे विस्तृत कुरा बाहिर आइसकेको छैन ।

    भेटमा उपमहासचिव शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको देउवानिकट केन्द्रीय सदस्य नैनसिंह महरले शिलापत्रलाई बताए ।

    उनले भने, ‘बुधबार जनार्दन शर्माले सभापतिज्यूलाई भेट्नु भएको थियो । भेटमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने प्रस्ताव गर्नुभयाे । सभापति देउवाले सकारात्मक जवाफ दिनुभएको छ । आवश्यक परे कांग्रेसले समर्थन गर्न पनि सक्छ ।’

    ‘बुधबार सभापति र शर्माको भेटवार्ताले पनि यो सरकारप्रति सभापतिज्यू सफ्ट हुनुहुन्छ । माओवादी कांग्रेस एक-अर्काको सहयोगले चुनाव जितेका हौँ । हाम्रो भोटले माओवादीले सरकारको नेतृत्व गरेको हो ।  तलका कार्यकर्ता अहिले पनि माओवादीसँग गठबन्धन भत्काएकोमा असन्तुष्ट नै छन् । त्यही भएर यो सरकारलाई समर्थन गर्न कांग्रेसलाई कुनै अप्ठ्यारो छैन ।’

    नेपाल पत्रकार महासंघसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनका नेताहरूसँग समेत आफ्नो राम्रो छलफल चलिरहेको र सम्बन्ध सुमधुर नै रहेको प्रतिक्रिया दिएको सहभागी एक पत्रकारले बताए । प्रधानमन्त्री प्रचण्डलाई अहिले नेकपा एमाले, रास्वपा, जसपा, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । प्रचण्ड सात दलको समर्थनमा १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.