पाचथर ।
इलामको फाकफोकथुम १ र पाँचथरको फाल्गुनन्द गाउँपालिका ४को सिमानामा पर्ने पुरानो पञ्चमी बजारदेखि पाँचसय मीटर तल चिलिङदिन भन्ने स्थानको जंगलमा साथीसँग दाउरा खोज्न गएका खड्काले ग्रिनेड बम फेला पारेका थिए ।
हरियो डल्लो भेटेर खेलाउने क्रममा विष्फोट भएर बालक घाइते भएको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले जनआस्थालाई बताउनुभयो।
खिया लागेको अवस्थामा भेटिएको ग्रिनेड द्वन्द्वकालिन समयमै छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दाँया छाती,पेट र अनुहारमा लागेको घाउबाट रगत बगिरहेको अवस्थामा उद्वार गरिएका बालकलाई उपचारका लागि झापातर्फ पठाइएको स्थानीयले जनाएका छन् ।