एजेन्सी ।
मान्छेको भाग्य कतिबेला चम्किन्छ कसैलाई थाहा हुँदैन । एक महिलाले बिस्कुट किन्न बजार जाँदा ९ करोड बढी रकम जितेर फर्किएको पाइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाकी डोना डेन्टनले फूड मार्टमा ‘ट्रिपल ७७७ लट्री टिकट’ किनेकी थिइन्, यसमा उनले १ हजार २०० रुपैयाँ लगानी गरेकी थिइन् । लट्री उनकै नाममा परेर ९ करोड रुपैयाँ जितिन् । कर काटेर उनले साढे ६ करोड रुपैयाँ हात पारेकी छन् ।
शुरूमा लट्री जितेको खबर पाउँदा डोना पत्याइनन्, त्यसपछि उनले यकिन गर्न आफ्ना पतिलाई पठाइन् । पतिले सोधपुछ गर्दा पनि उनले नै जितेको निश्चित भएपछि उनको परिवारमा खुशीयाली छाएको छ ।