प्रधानमन्त्री बने पछि नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल पोखरा आउने भएका छन ।
प्रधानमन्त्री नियुक्त हुनु भन्दा केही दिन अगाडी आफु पढेको बिद्यालयको स्वर्ण जयन्तीमा सहभागि हुन आउदा उनले आफुले देशको नेतृत्व गर्ने घोषणा गर्नुभएको थियो ।
प्रचण्डले पोखरामा हालै र्निमाण सम्पन्न भएको नयाँ बिमानस्थलको उदघाटन गर्ने कार्यक्रम छ । उदघाटनलाई बिषेश बनाउन पोखरा महानगरले सक्रियता बढाएको छ । पोखरा बिमानस्थल नजिक रहेको राजमार्गको दायाबाया रहेका अब्यस्थित सामानहरु हटाउने, सवारी आवागमन सहज बनाउने र उदघाटन समारोहलाई भब्य बनाउने तयारी महानगरले गरेको छ ।
पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी पोखरा महानगरले आफु मातहतका कार्यलयलाई बिदा दिएको जनाएको छ । पोखरेलीहरुका लागि नयाँ बिमानस्थल सञ्चालन हुनु गौरवको कुरा भएकाले यसलाई उत्साह पुर्बक ग्रहण गर्न र सक्रिय सहभागिता जनाउन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबैलाई आग्रह समेत गरेका छन ।







