• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

७० वर्षे बिर्ख बहादुरको नेपाल को राजधानी काठमाडौं हेर्ने ठुलो धोको

"७० वर्षे बिर्ख बहादुरको नेपाल को राजधानी काठमाडौं हेर्ने ठुलो धोको "

  •    संवाददाता अभियान हाम्रो डटकम / शनिबार, पुष १६, २०७९  

  • मुगु ।

    २००८ साल चैत १६ गते मुगु जिल्लाको खच्याड गाउँपालिका को पैसेरी भन्ने स्थानमा जन्मेका बिर्खबहादुरलाई खेती किसानीलेनै आफ्नो ठाउँ छाडेर अन्त घुम्न जाने फुर्सद हुँदैन। २० हल गोरु लाग्ने जमिन आफ्नो भएकाले बाहिर गुम्न जान सक्ने अवस्था नआएको उनको भनाई छ। उसो त मुगु जिल्ला विकट मात्रै छैन गरिबी र अशिक्षा पनि उत्तिकै छ।

    उमेरले ७० वर्ष कटे। तर अहिले सम्म नेपालकै राजधानी काठमाडौँ पुगेका छैनन्। उनलाई काठमाडौँ हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट सहज छैन काठमाडौँ पुग्न। मृत्यु भन्दा अगाडी कम्तीमा नेपालको राजधानी हेर्ने रहर छ मुगु जिल्लाका ७० वर्षीय बिर्खबहादुर बुर्थबालाई। आफू सँग कुनै सिप नहुँदा काठमाडौँ सहित देशका मुख्य सहरमा पुग्ने सपना ७० वर्षसम्म अधुरै रहेको उनको बुझाई छ।

    मुगु जिल्लाको रारा ताल नजिकै भेटिएका बुर्थबहादुरले आफू काठमाडौँ जान नपाए पनि काठमाडौँ सहित विभिन्न स्थानबाट रारा अवलोकनमा जाने पर्यटकलाई भेट्ने र देख्ने गरेका छन्। अरुको जिल्लामा रेलको बाटो पुग्दै छ रे भन्छन् गीतमा भनेझैँ हाम्रो तिर यही रारा आउने राजमार्गबाहेक अन्यत्र गाडी जाने अवस्था छैन उनले भने।

    पाँच छोरा र पाँच छोरी सहित दश सन्तानका पिता बनेका बिर्खबहादुरका केही छोरा काठमाण्डौमा पनि बस्न थालेका छन्। छोराहरू काठमाडौँ बस्न थालेपछि भने बुढेसकालमै भए पनि काठमाडौँ हेर्न पाइनेमा उनी विश्वस्त छन्। यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.