• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुस १७ गते भव्य उद्घाटन गरिदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको

" देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । "

  •    संवाददाता/ शुक्रबार, पुष १५, २०७९  

  •  

    यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलोदिन देखी सो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।

    उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीहरुको बहृत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ ।

    गौतमले भन्नुभयो,“सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् लगायत पर्यटन सङ्घ संस्थाहरुको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।”

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन विहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुहरुलाई फूलमालाले स्वागत गरिने छ ।

    त्यसैगरी विहान ११ः०० बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपरान्ह २ बजेपछि ‘सेलिब्रेशन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातीका झाँकी, फेसन सो लगायतका कार्यक्रमहरुका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो ।

    अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि सेलिव्रेशनको जिम्मा महानगरको छ ।

    महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी  अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुती र सेलिव्रेशन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक लगायतलाई रथारोहण सहित अभिनन्दन गरिनेछ ।  महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेकसाइडदेखी कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाई कार्यक्रम गरेको थियो ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा भव्य र सभ्य बनाउनु पर्ने आचार्यले बताउनुभयो ।

    यो दशकौँ लामो पोखरेलीहरूको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो,“उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमितिहरु गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोशेढुंगा साबित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरहरूसँग हुने पोखराको सिधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।”

    विमानस्थलको उद्घाटनका दिनदेखीनै सबै आन्तरिक उडानहरु सोही विमानस्थलबाट हुनेछन् । नीजि विमान कम्पनीहरुले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडान समेत सम्पन्न गरेका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशक अघि सपना देखेका थिए । लामो प्रतिक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

    विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्सहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो,“ विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी ,लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्राउने योजना बनाउने छौँ ।”

    पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

    चीनको एक्जिम बैँङ्कको रु २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिएपनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखी निर्माण कार्य सुरु भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.