• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दामोदरको  सन्देशः‘सबैलाई भेट्न सकिनँ,जिताएपछि फर्केर आउँछु’

"नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गरेका छन् । "

  •    संवाददाता अभियान हाम्रो / शुक्रबार, मङि्सर ०२, २०७९  

  • पोखरा, मंसिर ।

    नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गरेका छन् ।
    चुनावको स्थिर समय विहीवार मध्यरातबाट सुरु हुँदैछ । त्यो समय सुरू हुनुअघि भिडिओ सन्देश जारी गर्दै उम्मेदवार बैरागीले ठूलो भूगोल भएकाले आफू सबै मतदाताको घरमा पुग्न नसकेको र जितेपछि फर्केर आउने भन्दै मत मागेका हुन् । ‘यो घरदैलोको अभियानमा म सबै घर र मतदातासम्म पुग्न सकिनँ ।

    म घरदैलोमा आएको ठानेर मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनेका छन्, ‘म यहाँहरूसँग सुःख–दुःखमा, विकास र समृद्धिको यात्रामा हरदम जोडिने छु ।’आफूसहित प्रदेश सभा ३ (१)का उम्मेदवार गणेशमान गुरुङ र ३ (२)का उम्मेदवार राजीव पहारीलाई पनि भारी मतले जिताउन उम्मेदवार बैरागीले आग्रह गरेका छन् ।

    कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् । प्रदेश सभा (१) तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा (२) मा अन्नपूर्ण गाउँपालिकासहित पोखरा महानगरपालिकाको ५, ६, २२, २३ र २४ नम्वर वडा पर्छन् ।

    को हुन् दामोदर ?

    दामोदर कास्कीमा पार्टीका लागि निकै संघर्ष गरेका कम्युनिष्ट नेतामध्येका एक हुन् । २०२३ साल वैशाख ५ गते कास्कीको तत्कालीन सल्यान गाविस–९ मा जन्मिएका दामोदर एमालेका निष्ठावान् र पूर्णकालीन कार्यकर्ता हुन् । बुवा स्व. चक्रपाणि पाध्या र आमा तुलसी पाध्याका ९ जना सन्तानमध्ये दामोदर जेठो हुन् ।

    दामोदर २०३६ सालको विद्यार्थी आन्दोलानले राजनीतितर्फ प्रेरित भएका थिए । उनी २०३७ सालमा प्रगतिशील मावि सल्यानको अनेरास्ववियु (एकता पाँचौँ)को सह प्रारम्भिक कमिटी सदस्य भए । २०३८ सालमा प्रारम्भिक कमिटीको सदस्य र सह प्रारम्भिक कमिटीको अध्यक्ष बने । २०३९ साल वैशाख १० गते नेकपा (माले)मार्फत दामोदर कम्युनिष्ट पार्टीमा औपचारिक ढंगले लागेका थिए ।

    २०४० सालदेखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमार्फत किसान भूमिगत भएरै राजनीतिमा सक्रिय थिए । दामोदर २०४० सालदेखि २०४६ साल चैतसम्म अर्ध भूमिगत थिए । २०४४ साल वैशाखदेखि मंसिरसम्म गोरखा छोटी हुलाकमा निमित्त प्रमुख भएर काम गरेको अनुभव पनि दामोदरसँग छ ।
    पोखरा र यहाँ आसपासमात्रै होइन हिमालापारिको जिल्ला मुस्ताङसम्म पुगेर उनले किसान र श्रमजीविको पक्षमा काम गरेका छन् । २०४१ साल चैतदेखि २०४२ साल भदौसम्म मुस्ताङमा आफैँले कृषि फार्ममा काम गरेका थिए ।

    मजदुर आन्दोलनले जन्माएको कुशल संगठक नेतामध्ये अग्रपंक्तिमा दामोदरको नाम आउँछ । मजदुर आन्दोलनको नेतृत्व गर्दै दामोदर मूलधारको राजनीतिमा आएका हुन् । २०४५ देखि २०५५ सालसम्म १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मार्फत मजदुर आन्दोलनमा सक्रिय रहे । २०५३ साल वैशाखमा भएको नेकपा एमाले कास्कीको चौँथो जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका उनले त्यतिबेला मजदुर ईलाका इन्चार्जको जिम्मा पाएका थिए ।
    २०५५ सालपछिको चार वर्ष पिपुल्स भोलेन्टियर्स (पीभी)मार्फत स्वयंसेवा, सुरक्षा र विपत् व्यवस्थापनमा सक्रिय रहे । उनी २०५३ साल वैशाखमा चौँथो जिल्ला अधिवेशनबाट नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य भएका थिए । पार्टी मजदुर ईलाका इन्चार्ज, पार्टी स्कुल विभाग सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख, संगठन विभाग सदस्य तथा प्रमुख हुँदै २०७० सालमा पार्टीको जिल्ला सचिव बने । २०७० साल माघदेखि २०७६ साल वैशाखसम्म कास्की जिल्ला कमिटी सचिव थिए ।

    राजनीतिक जीवनको विभिन्न कालखण्डका आन्दोलानमा कहिले पञ्च, कहिले सुरक्षाकर्मीसँग उनको मुठभेड परिरह्यो । २०४२ साल मंसिरमा गाउँमा पञ्चाहरुसँग मुठभेड हुँदा टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका थिए । २०४६ साल चैतमा पञ्चहरुसँगको भीडन्तमा दामोदरलाई टाउको, दाहिने हात र दाहिने खुट्टामा गम्भिर चोट लागेको थियो ।

    २०५० सालको उपनिर्वाचनमा काठमाडौं बानेश्वरमा कांग्रेससँग भीडन्त हुँदा घाइते बनेका दामोदरको २०६० साल वैशाखको संयुक्त आन्दोलनमा सेनाको कमाण्डोसँग मुठभेड परेको थियो । त्यतिबेला टाउकोमा गम्भीर चोट लागेको थियो । उनले राज्यको तर्फबाट यातना पनि भोगेका छन् । २०६१ साल वैशाखमा सेनाले अपहरण गरी बकंरमा चरम यातना दिएको थियो ।

    उनी व्यवसाय गरेर अर्थोपार्जन गरेका नेता होइनन् । सिद्धान्तबाट विचलित नभई संगठन र परिवर्तनका लागि निष्ठाको राजनीति गरिरहे । हरेक आन्दोलनमा अगुवाइ गरिरहँदा पटकपटक मुठभेड, कतिपय बेला जीवनको आश नै मार्ने गरी घाइते भए । परिवर्तनका लागि भएको २०४० साल यताका हरेक आन्दोलनमा उनको उपस्थिति रहिरह्यो ।

    दामोदर भूमिसम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्ष भएर २०७७ साल माघदेखि ५ महिना काम गरेका थिए । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन तथ्यांक संकलन गर्दागर्दै आयोग नै खारेज भएपछि दामोदर पुनः पार्टीको संगठन निर्माण र नेतृत्वको जिम्मामा फर्किएका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.