• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एमाले उम्मेदवार शंकरपोखरीमा नागरिकको तिर्खा मटाउन एमालेकै सरकार आवश्यक मतदाता


  •    संवाददाता/ शनिबार, कार्तिक २६, २०७९  

  • आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गर्दा पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा जुटेका छन् । नेकपा एमाले पर्वतको चुनावी सभा शुक्रवार फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा सम्पन्न भएको छ । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल सहित केन्द्र, प्रदेश, जिल्ला र नगरस्तरका नेताहरुले शंकरपोखरीका विभिन्न टोल र बस्तीमा पुगेर टोलसभा तथा घरदैलो गर्नुभएको छ ।

    सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले शंकरपोखरीमा लामो समयदेखि समस्याको रुपमा रहेको खानेपानीको समाधान गर्न नेकपा एमालेकै सरकारले पहल गरेको बताउनुभयो । नेकपा एमालेको प्रदेश र संघीय सरकारले खानेपानीका लिफ्ट, बोरिङ, र मुहानवाट ल्याउने गरी विभिन्न विकल्प अपनाएर योजनाहरु संचालन गरेको बताउँदै अब शंकरपोखरीवासीका दुःखका दिन सकिएको बताउनुभयो । नेपाली काँग्रेसले लामो समय सत्तामा पु¥याएपनि शंकरपोखरीवासीको तिर्खा एमालेले मेटाउन सफल भएको उहाँको भनाई छ ।

    उहाँले पुरा हुन बाँकी घरधुरीमा यसै वर्ष काम सम्पन्न गर्न पहल गर्ने समेत बताउनुभयो । त्यस्तै शंकरपोखरीवासीको समृद्धि र विकास तथा गाउँमा आवश्यक पूर्वाधारहरुको विकासका लागि पनि नेकपा एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नागरिकका थुपै्र आवश्यकताहरु पुरा गर्न बाँकी रहेको बताउँदै चुनावपछि एमालेको नेतृत्वमा बन्ने सरकारले ती सवै पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी जिल्लाको भविष्य निर्माणमा योगदान गर्न आव्हान गर्नुभयो ।

    यसैगरी नेकपा एमाले प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जलजला गाउँपालिकाको धाईरिङमा सम्पन्न भएको छ । यस अघि शालिजामा विभिन्न बस्तीमा पुगेर उहाँले घरदैलो र कोणसभा गर्दै शालिजासम्मको सडक कालोपत्रेका लागि प्रकृया अघि बढेको बताउँदै आगामी दुई वर्ष भित्र एमाले सरकारले सडक कालोपत्रे गरिसक्ने बताउनुभयो । उहाँले अन्य आवश्यक पूर्वाधारको विकास गर्दै त्यस क्षेत्रमा जडिबुटी खेती विस्तार, मौसमी तथा बेमौसमी तरकारीको सहज बजारीकरण लगायको काम गर्ने प्रतिवद्धता दोहो¥याउनुभयो । धाईरिङमा पुगेर कुँवरले मिलनचोक–धाईरिङ सडक नेकपा एमालकै सरकारले शुरुवात गरेको र यसको पुर्णताका लागि पनि पुन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले धाईरिङको उर्वर भूमिलाई समुचित उपयोग गरी स्थानीको आर्थिक समृद्धिमा टेवा पु¥याउन स्थानीयको मागको आधारमा विशेष कार्यक्रम ल्याउने बाचा गर्नुभएको छ ।यता सत्ता गठवन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशी र सुदिप कुँवरको चुनावी कार्यक्रम जलजलाकै नाङलीवाङ र बनौमा सम्पन्न भएको छ । दुवै वडाका विभिन्न बस्तीमा पुगेर उहाँहरुले घरदैलो र कोणसभा गर्नुभएको थियो । संविधानको रक्षा र गठवन्धनलाई निरन्तरता दिनका लागि दुवै उम्मेदवारले मत माग्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.