• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दलित समुदाय भन्छन्, ‘विन्दु थापाले अझै मौका पाउनुभएको छैन’

"गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । "

  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक २२, २०७९  

  • कात्तिक , पोखरा ।

    गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ उम्मेदवार विन्दु कुमार थापाले दलितका लागि धेरै गरेको बताएका छन् । पोखरा २० भलामका दलित समुदायले आफुहरुलाई आवश्यक परेको समयमा थापाले ठूूलो सहयोग गर्दै आएपनि मौका नपाउँदा केही काम अधुरै रहेको बताएका छन् । उनीहरुले वडा २० को मुहार फेर्ने काम थापाले आफ्नो अधिकारले भ्याएसम्मको विकास गरेको सुनाउँदै मौका पाएमा अझ धेरै विकास गर्नेमा आफुहरु आशावादी रहेको सुनाए । दलित समुदायको नेतृत्व गर्दै आफ्ना कुरा राख्ने क्रममा विष्णु परियारले विन्दु थापाले क्षेत्र २ मा विकासको लहर ल्याएको सुनाइन् । उनले विकासको लहर ल्याएपनि आफुहरुलाई अब खानेपानी र सडक आवश्यक परेको बताइन् ।

    ‘हाम्रा लागि विन्दु थापाले एकदम हेर्नु भएको छ । उहाँले गर्नुभएको छ । गाउँमा बाटो आएको छ । उहाँले अझै मौका पाउनुभएको छैन् । भन्नाले भड्किराखेको छ । त्यो भएर अहिलेलाई उहाँलाई नै मत’, उनले भनिन्, ‘एक दुई जनाले गरेर पनि नहुँदो रहेछ उहाँको हात वडामा भएन् । वडामा पनि भएको भए हामीहरुको पनि दिन फिर्ने थियो । यहाँ आउने बाटोपनि बनाइदिन्छु भन्नुभएको थियो तर, यहाँका जग्गा धनीले जग्गा नदिदाँ बन्न सकेन । उहाँले मिलाउने प्रयास पनि गर्नुभयो । हाम्रो केही पनि छैन् हाम्रो बस्ने झुपडि बाहेक छैन् ।’

    करिब ४० धुरी रहेको घरमा सोही हारहारीमा मतदाता पनि रहेका छन् । यस्तै प्रदेशसभा सदस्य उम्मेदवार थापाले आफुले सडक ल्याउनका लागि पहल गरेपनि प्राविधिक कारण नमिल्दा असफल भएको बताए । उनले आफुले पाँच वर्ष प्रदेशको संरचना बनाउने काममा व्यतित गरेको सुनाउँदै अबको पाँच वर्ष विकासका लागि रहेको स्पष्ट पारे । ‘हामीले यहाँ बाटो ल्याउने प्रयास अहिलेपनि जारी राखेकै छौँ तर यहाँ प्राविधिक कुरा नमिलेका कारण सडक जोडन सकिरहेका छैनौँ ’, उनले भने, ‘तत्कालै केहि गर्न सक्ने स्थिति छैन् । निर्वाचनको आचार संहिता लाग्छ त्यसैले निर्वाचन सकिएलगत्तै यसका लागि पुनः पहल हुनेछ त्यसमा ढुक्क हुनुहोस् ।’ थापाले देश विकास गर्नका लागि स्थानीय, प्रदेश र संघमा एकै सरकार हुन आवश्यक रहेको सुनाए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.