• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गठबन्धनको घोषणा, नीति र विचार अनुरूप जनपक्षिय

"मतदाताहरु खुसी हुँदै उम्मेदवार थापालाई अघिल्लो पटक जिताउँदा पनि राम्रो काम गरेको र यो पटक पनि जिताउने बताए । "

  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक २२, २०७९  

  • पोखरा,  कात्तिक ।
    कास्की–२ मागठबन्धनका उम्मेदवारहरुको चुनावी घर दैलो जारी रहेको छ । २ वटा प्रदेश सभाको क्षेत्र अनुसार प्रदेश उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमाभोट माग्न तल्लिन छन् । प्रदेश सभा (क) मा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र (ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा घरदैलो र कोणसभामा व्यस्त छन् ।

    सोमबार विश्वप्रकाश लामिछाने पोखरा २१ मा थिए । भने, थापा पोखरा १६ मा घर  दैलो अभियानमा व्यस्त रहे । पोखरा २१ मा रहेका पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले गठबन्धनको घोषणा, नीति र विचार अनुसार नै जनपक्षिय काम गर्ने प्रतिबद्धता जाहेर गरेकाछन् । चुनावी अभियानको क्रममा जनताको घर दैलोमा पुगेका उनले जनताको सेवाका लागि गठबन्धनले जे घोषणा र नीतिविचार तय गरेको छ, सोहीअनुरूप नै आफूले कामगर्ने प्रतिबद्धता जाहेर गरेकाहुन् ।
    नागरिकहरूलाई न्यूनतम आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्दै विकास र समृद्धिको यात्रामा अगाडी बढाउने आफूहरूको योजना रहेको बरालले बताए । कृषिमा प्रचुर सम्भावना बोकेको निर्मल पोखरी क्षेत्रलाई कृषिको पकेट क्षेत्रका विकास गरिने उनले बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको उनले बताए । पूर्वाधार निर्माणमा पनि यस क्षेत्रलाई विशेष प्राथमिकता दिने उनले प्रतिबद्धता जाहेर गरे ।

    निर्मल पोखरी लगायत स्थानको पर्यटन विकासका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए । पर्यटन सम्बन्धी विषयको शिक्षणका लागि निर्मल पोखरीमा क्याम्पस खोल्ने कुरा समेत अगाडी बढाइएको उनले बताए । जसले गर्दा यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदानपुग्नेछ । महानगरको ग्रामीण क्षेत्रको कर प्रणाली सुधारमा महानगरसँग आवश्यक समन्वय गर्ने बरालले बताए ।

    कार्यक्रममा प्रदेश २ (क)काउम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा २१ लाई महानगर भने पनि महानगर बासी भएको अनुभूती गर्न नसकेको बताए । त्यसैले गठबन्धनले जितेमा प्रत्येक वडामा समानुपातिक विकास गर्ने प्रतिवद्धता जनाए । पोखरा २१ विगतमा अन्नको भण्डारको रुपमा परिचित भएकाले त्यसलाई कायम गर्दै कृषिमा आधुनिकी करण र व्यावसायीकरण गर्ने उनले बताए । साथै साविक कृष्ति नाच्ने चौरको विकास सधैं सँगै रहने उनको प्रतिवद्धता छ ।
    कोणसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेपाली कांग्रेसका नेता देवराज चालिसे, संविधान सभा सदस्य बिन्दा राना, माओवादी केन्द्रका नेता निर्मल बहादुर अधिकारी, नेकपा एसका नेता खड्क हमाल लगायतले गठबन्धनले जित्नु पर्ने बताएका थिए ।

    कास्की २ (ख) काउम्मेदवार विन्दुकुमार थापाले पोखरामा १६ मा कोणसभा नगरी मतदाताहरुलाई घर मै पुगेर भेटेकाथिए । प्रत्येक मतदाताको घरमा पुगेका थापाले उनीहरुको समस्या टिप्न भ्याएका थिए । त्यहाँका जनताले उम्मेदवार थापालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्या सुनाएका थिए । थापाले पनिआफू निर्वाचित भएमा समस्या समाधानमा पहल गर्ने बताए । मतदाताहरु खुसी हुँदै उम्मेदवार थापालाई अघिल्लो पटक जिताउँदा पनि राम्रो काम गरेको र यो पटक पनि जिताउने बताए ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.