• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सहारा क्लबपोखराले भोलीविभागीयएपीएफसँग खेल्दै


  •    अभियान हाम्रो संवाददाता/ शनिबार, कार्तिक १९, २०७९  

  • कार्तिक,  (मोरङ) ।

    सहारा क्लबपोखराले भोली (शनिबार) मोरङको बेलबारी–११, लक्ष्मीमार्गमाजारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामाविभागीय सशस्त्रप्रहरी बलको एपीएफ (काठमाण्डौं) सँग खेल्दैछ। बेलबारीको लक्ष्मीमार्ग डाङ्गीहाट युथक्लबले आयोजना गरेको प्रतियोगिताकालागिपोखराको सहारा क्लबखेल खेल्न आज (शुक्रबार) विहान बेलबारी आई पुगेको छ। यस प्रतियोगितामा सहाराको पहिलो सहभागिताहो। १० टिम सहभागी प्रतियोगितामा सहारा र एपीएफले सिधै वाइपाएर क्वार्टरफाइनल खेल्ने भएको हो।

    युवा खेलाडी सम्मिलित सहारा र पछिल्लो समय फुटबलमा उदाउँदै गरेको एपीएफबीच कडा प्रतिस्पर्धा हुनेछ। पूर्व राष्ट्रिय खेलाडी, राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट समावेश खेलाडी र सहारा एकेडेमीकायुवा खेलाडीहरुले सहाराको टिम बनेको छ। त्यस्तै, फुटबलमा एपीएफले पछिल्लो समय सुधारिएको खेल प्रस्तुतगर्दै एकपछि अर्को सुख दनतिजाहरु निकालेर उपाधिहरु हातपार्दै आएको छ। यस प्रतियोगिताको गत संस्करणको उपविजेता समेत रहेको एपीएफ फाइनल माहिमा लयन शेर्पासँग हारेको थियो।

    भर्खरै मात्र पोखरामा सम्पन्ननवौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण जितेको छ।नवौं राष्ट्रिय खेलकुदमा विभागीय आर्मीलाई सडेन डेथमा हराउँदै एपीएफले स्वर्ण जितेको हो। एपीएफ, गतवर्ष पोखरामा सम्पन्न आहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन समेत हो। गतवर्ष आहा रारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दीलाई हराउँदै एपीएफच्याम्पियन बनेको थियो।

    सहाराका प्रशिक्षक सुनिल रानाले भोली एपीएफ सँगको खेलमापूर्व राष्ट्रिय खेलाडी अजित भण्डारीको कप्तानीमा पूर्व राष्ट्रिय गोलरक्षक विमल थापा सहित गण्डकी प्रदेशका त्कृष्ट खेलाडीहरु आशिष गुरुङ, सरोज योञ्जन, रन्दीपपौडेल,जय गुरुङ, भिषन गुरुङ तथा यु–२० का राष्ट्रिय खेलाडी सुमितश्रेष्ठ, दिपेश आले, सन्तबहादुर गुरुङ र सहारा एकेडेमीकै मुकुन्द न्यूरेलाई प्लेइङ–११ माउतार्नेछन्।

    सहारा एकेडेमीका रोमन थापा (गोलरक्षक) अभिषेक राना, अनिष पोमु लिम्बु, नवराजधमेल, विशाल नेपाली, भागवत चौधरी र जीवन रायमाझी सब्सीच्युट खेलाडी रहनेछन्। सहाराका कप्तान अजित भण्डारीले एपीएफसँगको खेल टप हुने बताए। उनले भने, ‘भोलीको खेलमा एपीएफका लागि सहारा चुनैती बन्ने छ। प्रतिस्पर्धी एपीएफसँगको खेल फिफ्टी÷फिफ्टीकै हुनेछ।’

    त्यस्तै, प्रशिक्षक सुनिल रानाले पनि फुटबलमा हाई मोटिभेट भएको एपीएफलाई होल्डमा राखेर नतिजालाई आफ्नो पक्षमा पार्ने खेल पस्कने प्रतिक्रिया दिए। व्यवस्थापक अतित गुरुङले सन्तुलित सहाराको टिम बनाएको उल्लेख गरे। उनले भने, ‘जित्नका लागि बेलबारी आएकाहौं, एपीएफ सँग उत्कृष्ट खेल पस्कन्छौं।’

    प्रतियोगितामा सहारा क्लब पोखरा सहितआयोजक डांगीहाट युथक्लब (मोरङ, बेलबारी), सशस्त्रप्रहरी बल (एपीएफ) काठमाण्डौं, सहलेस युथक्लब (सिराहा), राजारानी फुटबल क्लब (धनकुटा), रोलिङ क्लबधुलाबारी (झापा), पेम्बायुथक्लब (विराटनगर), भारतको एमएमएफसी (वेष्ट बंगाल), युनाईटेड ब्रदर्श (कालिम्पोङ) र एभिनियर फुटबल क्लब (क्यामरुन) ले सहभागिताजनाएको छ।

    प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद सहित ट्रफी पुरस्कार पाउनेछन्। यस वर्ष पुरस्कार राशी बढाएको आयोजक डांगीहाट युथक्लबले जनाएको छ। गतवर्ष पुरस्कार राशी विजेताको ५ लाख र उपविजेताको २ लाख ५० हजार थियो।
    सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगदपाउने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम बान्तवाले जनाएका छन्। वान्तवाकाअनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर,सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १५÷१५ हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट प्रशिक्षले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

    आजको खेल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा सहलेस युथक्लब सिराहाले क्यामरुनको एभिनियर फुटबल क्लबलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थानबनाएको छ। सिराहाकालागिदुबै गोलफोडे फोफोनाले २ गरे। फोफोनाले खेलको ७औं र ६७औं मिनेटमा गोल गरे। फोफोनाले दास्रो गोल पेनाल्टीमा गरेका थिए। भिनियरका लागि एक मात्र गोल सोङले गरेका हुन्। सिराहाका पेपे म्यानअफदी म्याच बने।

     

     

     

     

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.