• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भरतपोखरीमा विश्वप्रकाशको बाचा–सामान्य उपचारको लागि पोखरा झर्न पर्दैन


  •    अभियान हाम्रो संवाददाता/ शनिबार, कार्तिक १९, २०७९  

  • पोखरा,कात्तिक

    पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा महानगरभित्रै रहेर पनि सामान्य उपचारको लागि बजार झर्नुपर्ने भरतपोखरीबासिको बाध्यतालाई दुःखद भएको बताएका छन् ।

    निर्वाचन अभियानको क्रममा पोखरा ३३ भरतपोखरीको जिब्रे ढुँगा, सुतार्ने लगायतका ठाउँमा पुगेका लामिछानेले महानगरकै बासिन्दाको स्वास्थ्य उपचार पाउने अधिकारको सम्मान हुनुपर्ने बताए ।उनले नेपालको संविधानले नै स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको बताउँदै अब भरतपोखरी बासिहरु सामान्य उपचारको लागि पोखरा झर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

    यसका लागि देशभक्त, विकासप्रेमी, जनताको माझमा जहिले पनि जानसक्ने गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने उनको भनाई थियो ।लामिछानेले सरकारले यस क्षेत्रलाई समेटेर पोखरा महानगरपालिका बनाए पनि आधारभुत आवश्यकताको दृष्टिकोणले जनताले महानगपालिकाको अनुभुति गर्न नपाएको बताए ।पाँच दलीय गठबन्धनका उम्मेदवारको विजयले यस क्षेत्रका शैक्षिक संस्थालाई स्रोत साधन सम्पन्न बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

    लामिछानेले भौतिक निर्माण तर्फ भरतपोखरी डाँडागाउँको सडकलाई बाहिरी चक्रपथको रुपमा विकास गर्दै स्याङ्जा जाने बस पोखराको पृथ्वीचोक जानैपर्ने बाध्यता हटाउने प्रतिवद्धता समेत व्यक्त गरे भरतपोखरी क्षेत्र सुन्तला खेतीको प्रचुर सम्भावना भएको क्षेत्र भन्दै लामिछानेले यो क्षेत्रलाई सुन्तला पर्यटनको रुपमा विकास गर्न आफुले विषेश पहल गर्ने आश्वासन पनि स्थानीय बासिन्दालाई दिए ।

    निर्वाचन अभियानकै क्रममा पाँच दलीय गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का साझा उम्मेदवार श्रीनाथ बरालले गरिव जतालाई माथी उठाउन, कृषिको आधुनिकीकरण गर्न, महिला तथा युवाको लािग विशेष योजना अघि बढाउने बाचा गरे । बरालले सुकुमबासीको समस्या समाधान गर्नेे, जनताको सेवक भएर काम गर्ने, जनताको मतको कदर गर्ने बताए । निर्वाचन जितेमा आफ्नो पार्टीको मात्र नभइ अन्य पार्टीकालाई पनि सम्मान गर्ने उनको भनाई थियो ।

    सार्वजनिक विद्यालय र शिक्षालाई गुणस्तरीय बनाउन पहल गर्ने, ५ वर्षमा यहाँका जनताले सम्झिने गरी काम गर्ने बताए । एमालेबाट राम्रो काम हुन नसकेर नयाँ पार्टी खोल्नुपरेको उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.