• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्छु उम्मेदवार बराल

"नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् । "

  •    अभियान हाम्रो संवाददाता/ शुक्रबार, कार्तिक १८, २०७९  

  • पोखरा ।

    नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धताहरु पाँच वर्षमा पूरा गरेरै छाड्ने स्पष्ट पारेका छन् ।

    संयुक्त गठवन्धन निर्वाचन परिचालन समिति पोखरा महानगरपालिका वडा नं. ५ मा आयोजित संयुक्त चुनावी भेलालाई संवोधन गर्दै उम्मेद्वार बरालले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    साथै उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा–५ लाई कृषि पर्यटनसंग जोड्का लागि आफूले प्रयास गर्ने स्पष्ट पारे । पोखरा–५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट क्षेत्र बनाउन पनि आफ्नो चाहना रहेको उनले बताए ।

    पोखरा महानगरभित्रै केही सडक अझै पनि धुलाम्मे अवस्थामै रहेको उल्लेख गर्दै उनले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । पोखरा फेवातालकै कारण पोखरा भएको उल्लेख गर्दै उनले फेवातालले सबैलाई फाइदा दिएकोले यसको संरक्षण अपरिहार्य भएको बताए ।

    उनले भने, ‘सबै पोखरेलीलाई एकतावद्ध बनाएर फेवातालको समस्या समाधान गर्नुपर्छ । परिवर्तन र विकासमा सबैले साथ दिनुपर्छ ।’प्रदेशको प्रभावकारिताका विषयमाथि प्रश्नचिन्ह खडा भएको भन्दै उम्मेदवार बरालले आगामी दिनमा जनतामा आशा जगाउनेगरि काम गर्ने स्पष्ट पारे । आफूले सरकारी जिम्मेवारीमा रहँदा पनि जनताको सेवा गरेको भन्दै उनले अहिले पनि जनताकै पिर, मर्का र भावना बुझेर काम गर्नकै लागि चुनावी मैदानमा होमिएको बताए ।

    उनले भने, ‘जनताको मतको अपमान कहिल्यै पनि गर्दिन, इमान्दार भएर काम गर्नेछु, मत खेर जान दिन्न र आफ्नो प्रतिवद्धता पूरा अवश्य गर्नेछु ।’
    कार्यक्रममा कास्की–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामजी प्रसाद बराल जीवनले जनताका प्रत्येक दुःख सुखमा साथ दिने बताए ।
    कास्की क्षेत्र नं. ३ संयुक्त गठवन्धन निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गठवन्धन देशको आवश्यकता भएकाले गठवन्धनका उम्मेद्वारलाई जसरी भए पनि जिताउन आवश्यक रहेको स्पष्ट पारे ।
    एकीकृत समाजवादी पार्टीका नेता पुष्पराज बरालले उम्मेद्वारहरुले जनताका समस्यामा ध्यान दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेसका वडा सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता पोषनाथ शर्मा, नेकपा एसका गण्डकी संयोजक प्रेम पौडेल, माओवादी केन्द्रका सचिव नवराज कोइराला लगायतले बोलेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.