• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको विन्दु कुमार थापा

"‘मैले २०७४ सालको निर्वाचनमा पनि तलब भत्ता नलिने घोषणा गरेको थिए । "

  •    अभियान हाम्रो संवाददाता/ बिहिबार, कार्तिक १७, २०७९  

  • पोखरा कात्तिक   ।

    कास्की जिल्ला क्षेत्र नं २(२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले विगतको पाँच वर्ष गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन नीति बनाएको र अब पालो विकास र समृद्धिको भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ९ का मतदातासँग भेटघाट गर्दै उनले प्रदेश सरकारले बनाएको नीतिमा टेकेर विकासका अवधारणाहरुलाई सहज तरिकाले पुरा गर्ने जिम्मेबारीका साथ आफु चुनावी मैदानमा होमिएको उल्लेख गरे ।

    ‘हिजो नीति बनाऔं अब पालो विकास र समृद्धिको हो । गण्डकी प्रदेश सरकारलाई चलायमान बनाउन आवश्यक नीति बनिसकेको छ । जसले अब सरकारलाई अगाडि बढ्न सहजता हुनेछ ।’, उनले भने । थापाले अब पनि आफु निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलब भत्ता बापतको सेवासुविधा नलिने घोषणा गरेका छन् । ‘मैले २०७४ सालको निर्वाचनमा पनि तलब भत्ता नलिने घोषणा गरेको थिए ।

    जसलाई पाँच वर्षे कार्यकाल भरि नै इमानदारिता पूर्वक कार्यान्वयन गरे । अब पनि म कुनै तलब भत्ता सुविधा आफ्नो र परिवारको लागि खर्च गर्ने छैन । सबै सामाजिक सेवामा नै खर्च हुनेछ ।’, उनले भने । सुशासन, पारदर्शिता र भ्रष्टचारमा शुन्य सहनशिलता आफ्नो प्रमुख नारा रहेको अभिव्यक्ति उनको छ । प्रदेशलाई विकासको बाटो तर्फ अग्रसरता दिलाउने गरी आफ्ना योजनाहरु रहेको भनाई उनको छ । शिक्षा, स्वास्थ्य, रोजगार, उद्यमशिलता, कृषि, पर्यटन लगायतका क्षेत्रलाई आत्मसाथ गर्दै भुगोल सुहाउँदो विकासमा लाग्ने प्रतिबद्धता उनको छ ।

    उनले आफु सपना बाड्ने उद्देश्य स्वरुप राजनीतिमा नआएको बताएका छन् । प्रदेशको आर्थिक स्तरलाई उकास्ने योजना स्वरुप आफ्ना कदमहरु अगाडि बढेको भनाई उनको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.