• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विश्वप्रकाश भन्छन कोही नेपाली भूमिहीन हुँदैनन्

"माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । "

  •    अभियान हाम्रो संवाददाता/ मङ्गलबार, कार्तिक १५, २०७९  

  • कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए ।

    माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छाैं ।’

    पोखरा १७ को प्रगति टोलमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै लामिछानेले गरिब, उत्पीडित, भूमिहीनको हितका लागि माओवादीले निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे । निर्वाचनमा विजयपछि जनताका मौलिक हक र अधिकारको ग्यारेन्टी हुने उनको आश्वासन छ ।

    ‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन, ‘लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’ सबैलाई समान शिक्षा, स्वास्थ्यको अधिकार दिलाउन, रोजगारीको ग्यारेन्टी गर्न लाग्ने उनले प्रतिवद्धता गरे ।

    मौका पाउँदा आफूले जिम्मेवार ढंगले उत्तरदायित्व निर्वाह गरेको उदाहरण दिदै उनले गरिबी, अशिक्षा, आर्थिक असमानता रहेसम्म नयाँ नेपाल नबन्ने उल्लेख गरे । व्यवस्था परिवर्तनको नेतृत्व गर्ने माओवादीले मात्र अब समृद्धिको नेतृत्व गर्न सक्ने उनको भनाइ छ ।

    नेपाली काँग्रेसका गण्डकी प्रदेश सदस्य श्यामप्रसाद भण्डारीले देशको विकास, स्थिरता र लोकतन्त्रका लागि गठबन्धनको जित जरुरी रहेको औंल्याए । प्रगति टोल विकास संस्थाका अध्यक्ष राकेश शर्माले आफ्नो टोलमा रहेका समस्या प्रस्तुत गर्दै विकासको खाका र इच्छाशक्ति भएका उम्मेदवारले चुनाव जित्नुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.