अभियान हाम्रो डट कम
श्री नेवा : सम्पर्क समुह भिरपानी-पकरबास रामेछापको २९ औ स्थापना दिबसको अबसरमा आयोजना गरिएको दशै,तिहार ,नेपाल संबत छट पर्व को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

रामेछाप जिल्ला भिरपानी-पकरबास बाट काठमान्डौमा आइ अस्थाई ,स्थाई बसोबास गर्ने नेवार हरुको समुहमा घटस्थापना को दिन पुर्ब संरक्षक नन्द लाल श्रेष्ठ ,हरि बहादुर श्रेष्ठ ,कृष्णबहादुर श्रेष्ठ ,प्रेम बहादुर श्रेष्ठ ,र ताराराम श्रेष्ठले बागबजारको एक कोठामा समुह बनाएको दिन लाइ स्तापना दिवसको रुपमा मनाएको हो ।

प्रमुख अथिति नेवा:देय दबु का केन्द्रिय अध्यक्ष पबित्र बज्राचार्य को प्रमुख आतिथ्यता ,पुर्ब अध्यक्ष लगाएत पुर्ब पदाधिकारी ,सदस्य हरुको उपस्थित मा विभिन्न विद्याका विद्यार्थी हरु,खेलाडी हरु ,कलाकार हरु ,७० बर्ष भन्दा माथिका वृद्ध बा आमाहरुलाइ सम्मान ,इन्जिनियर ,डाक्टर ,पाइलट,नर्स ,आइटी र ६१ पटक रक्तदान गर्नु हुने सम्मको लाई सम्मान गरियो।

राम कुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको स्थापना दिबस तथा शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन सचिब भिम बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
तस्बिर राजु श्रेष्ठ को वाल बाट







