• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शताब्दी पहिलेदेखि नै पोखरा टुँडिखेलमा दसैं मेला यसपटक पनि हुने


  •    संवाददाता/ आइतबार, असोज ०९, २०७९  

  • अभियान हाम्रो डट कम

    पोखरा ।

    पहिलेदेखि नै पोखरा टुँडिखेलमा हुँदै आएको ऐतिहासिक दसैं मेला यसपटक पनि हुने भएको छ । परम्परागत सामाग्री, रासन, लत्ताकपडादेखि च्यांग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातीदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो ।

    ‘मुस्ताङदेखि च्यांग्राहरु टुँडिखेल आइपुग्थे । पोखरा र आसपासका बस्तीहरुबाट परम्परागत सामाग्री र उत्पादन लिएर त्यहीँ पुग्थे । पोखराका व्यवसायीहरुले रासनदेखि लत्ता कपडासम्म बिक्रीका लागि लैजान्थे । त्यहीँबाट आवश्यकताको पूर्ती र आर्थिक बिनिमय हुन्थ्यो । अनि बल्ल पोखरामा दसैं भित्रिन्थ्यो ।’

    राष्ट्रिय उच्च माविका प्राधानाध्यापक कृष्णलाल बास्तोला ‘उदासी’ पोखरा टुँडिखेलमा हुने ऐतिहासिक मेलाको यसरी स्मरण गर्नुहुन्छ ।  पोखरामा दसैंको रौनक भित्राउने ऐतिहासिक टुँडिखेल मेला कहिलेदेखि सुरु भयो, ठ्याक्कै एकीन छैन । तर, सताब्दीअघि नै स्वतस्फूर्त रुपमा यो मेला हुँदै आएको स्थानीयहरु बताउँछन् ।

    ‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा पहिला पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिँदैन,’ व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले बताउनुभयो ।

    स्थानीयको आवश्यकता र आर्थिक बिनिमय तथा किनमेलको ऐतिहासिक टुँडिखेल मेला यसपटक पनि हुने भएको छ । राष्ट्रिय उच्च मावि पोखराको व्यवस्थापनमा फूलपातीदेखि दसैंको भोलिपल्टसम्म यो मेला सञ्चालन हुने दवाडीले बताउनुभयो ।

    ‘पहिले धेरै त यहाँकै स्थानीयले भेडाच्यांग्रा लिएर बिक्रिवितरण गर्थे । अन्त पाइँदैन थियो । च्यांग्राका लागि टुँडिखेल नै पुग्नुपर्छ भन्ने थियो । यो प्राचिन हाट बजार थियो,’ प्रधानाध्यापक उदासी भन्नुहुन्छ ‘पछि टेन्डर हुन थालेपछि विकृति भित्रियो । काटमार हुन थाल्यो । मेलाको मौलिकता नै हरायो ।’

    टुँडिखेल छाडेर हेमजा फाँट उक्लिन थालेका भेडाच्यांग्राको रौनक फेरि फर्काउने लक्ष्यसहित विद्यालय व्यवस्थापन समितिले दसैंको छेकोमा यसपल्ट पनि मेला आयोजना गर्दैछ । मेलामा भेडाच्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिँदैछ । विद्यालय व्यवस्थापन समितिका सदस्य तथा मूल आयोजक समितिका संयोजक बलराम अधिकारीका अनुसार अहिले कम्तिमा १० वटा गोठ निर्माण हुनेछ भने १ सय ५० वटासम्म स्टलहरु हुने छ । ‘आवश्यकताअनुसार गोठ थपघट हुन पनि सक्छ,’ उहाँले भन्नुभयो ।

    टुँडिखेलबाट दसैंका लागि आएका भेडाच्यांग्रा विस्थापन हुनुको अर्को कारण चरण क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ । ‘वरिपरिका सबै चरण क्षेत्र घडेरीले प्याक भइसके । चरण क्षेत्र नै नभएपछि भेडाच्यांग्रा ल्याउने क्रम पनि विस्तारै टुट्नेक्रम बढेको हो,’ उहाँले भन्नुभयो ।  अहिले पोखराकै वडा नं. २५ हेम्जामा भेडाच्यांग्रा राखिने गरिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.