सत्तारुढ दलहरुबीच प्रतिनिधिसभामा सिटबाँडफाँटको कुरा मिलेको छ । सिट बाँडफाँटका लागि गठित कार्यदल बैठकले सोमबार प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रको टुंगो लगाएको हो । कार्यदलको सहमति शीर्ष नेतृत्वतहमा बुझाएपछि अन्तिम निर्णय गरिने कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसले ८०, नेकपा माओवादी केन्द्रले ४८ देखि ५०, नेकपा एकीकृत समाजवादीले १८ देखि २०, जनता समाजवादी पार्टीले १५ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको हो ।
सहमतिअनुसार माओवादी चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने घोषणा गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वएमाले नेता वामदेव गौतमलाई माओवादीकै भागबाट उम्मेदवार बनाउनुपर्ने छ । यस्तै लोसपा गठबन्धनमा सहभागी भए उसलाई काँग्रेसले आफ्नो भागबाट कटाएर सिट दिनुपर्नेछ । प्रदेशसभाको भागबण्डा भने बाँकी छ । कार्यदल सदस्यहरुले मंगलबारसम्म प्रदेशको पनि भागबण्डा मिलिसक्ने दाबी गरेका छन् ।








