• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्यटन मन्त्री जीवनराम श्रेष्ठको कारण थुनामा परेका सुरक्षागार्डलाई सम्मान गरिने


  •    संवाददाता/ मङ्गलबार, भदौ २१, २०७९  

  • पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा आउनुस् भन्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ । शिष्टता, सभ्यता र संस्कारका निम्ति अभियान नै चलाईरहेका शिष्टचार अभियानले सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दनसहित सो सम्मान गरिने भएको हो । “म मन्त्री जान्दिन, लाइनमा बस्नुहोस् भन्ने सुरक्षागार्डलाइ शिष्टाचार अभिनन्दन ।”,

    साबिकको हाँसपोसा गाविस हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा घर भई हाल अमेरिकामा रहनुभएका शिष्टचार अभियानका अभियानकर्ता एवम् समाजसेवी सुमन दाहालले आफ्नो फेशबुक पेज मार्फत यो जानकारी गराउदै भन्नुभएको छ, “हामी उहॅालाइ राष्ट्रिय सम्मान प्रदान गर्दछौं ।

    उहाँले समय र स्थान बारे यथासिघ्र जानकारी गराउने बताउनुभयो ।” शिष्टचार अभियानसँगै इटहरी २० तरहरा घर भई हाल अमेरिका रहनुभएका समाजसेवी हरिहर दाहालले पनि सुरक्षागार्डलाई राष्ट्रिय सम्मान प्रदान गर्नका लागि आवाज उठाउदै त्यसका लागि आफूबाट आर्थिक, नैतिक सबै सहयोग हुने जनाउनुभएको छ ।

    विना शर्त रिहाईको मागः यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व सञ्चारर्की रवि लामिछानेले सुरक्षागार्डलाई भेटेका छन् । रविले भन्नुभएको छ, “प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ ।”

    गुरुङको भनाई उद्धत गर्दै रविले आफ्नो फेशबुकमा लेख्नुभएको छ, “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।” सुरक्षागार्डको पक्षमा सामाजिक संजालमा पनि विनाशर्त रिहाई हुनुपर्ने भन्दै चर्को आवाज उठेको छ । उता, तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले पनि उनको विनाशर्त रिहाईको लागि माग गरेको छ ।

    संघका केन्द्रीय सदस्य नवीन गुरुङले फेशबुक मार्फत सो माग गर्दै तमु (गुरुङ) नेतृत्वलाई सुरक्षागार्डको तत्काल रिहाईको लागि पहल गर्न अनुरोध गरेका छन् । यसैबीच चौतर्फी विरोधपछि, तर्सिएका मन्त्रीले आफै गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई अनुरोध गरेपछि गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई छाड्न निर्देशन दिएका थिए । गुरूङ आजै रिहा भइसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.