नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भनि स्थापित गरियोस भन्ने माग सहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), कास्कीले नेपाल पत्रकार महासंघ,कास्की शाखा मार्फत नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएकाे छ । बिहिवार नेपाल पत्रकार महासंघ कास्की शाखाकाे कार्यलयमै पुगेर महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको हाे ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदा हुँदै कृष्ण प्रसाद भट्टराइ संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विमति रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । २००८ साल बैशाख ९ गते सत्य नारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेकाे भन्दै २०१२ सालमा महासंघको नेतृत्व गर्नुहुने स्व.भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासलाई नबंग्याइ तथ्य स्थापित गर्नु रहेकाे ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले ज्ञापन पत्र बुझ्दै यथार्थ प्रमाणलाई अाधार बनाई अघि बढ्नुपर्ने बताउनुभयो । तिमिल्सिनाले नेपाल पत्रकार महासंघ भावी समयमा गम्भीर छलफल गरि इतिहास नमेटिने, नमेटाउने र कुनै ताेडमाेड नहुने गरि अाफ्ना गतिविधि, कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तत्काल केन्द्रिय समितिमा ज्ञापन पत्र पठाउने समेत बताउनुभयो । साे ज्ञापन पत्र फोनिज, कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङ सहित फाेनिज गण्डकी प्रदेश इन्चार्ज एमबी अास्था, उपाध्यक्ष विनु मर्साङ्नि, सचिव सुशील श्रेष्ठले संयुक्त रूपमा बुझाउनुभएको थियाे ।