• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, चैत ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जब आफ्नै बाबु आमाले नै बन्धक बनाए…

"जब आफ्नैनै बाबु आमाले नै बन्धक बनाए… "

  •    संवाददाता abhiyankhabar/ शुक्रबार, भदौ १०, २०७९  

  • काठमाडौं ।

    सन्तान बीचमा जति गहिरो सम्बन्ध अरुमा हुँदैन । अभिभावकको काखमा सन्तान सुरक्षित मात्र हुँदैन, उसले आफ्नो मर्जीले जिउन सक्छ । तर सबैको हकमा यस्तो नहुने रहेछ ।

    बुधबार जिल्ला प्रशासन कार्यालय, ललितपुरमा इमाडोल १ (परिवर्तित नाम) ले आफ्नै अभिभावकबाट ज्यानको खतरा भएको भन्दै सुरक्षाको लागि निवेदन दिइन् ।

    आफूलाई बाबुआमाले कोठामा थुनेर राखेको र ज्यानकै खतरा भएको बताएकी उनी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग कुराकानीपछि आश्वस्त देखिइन् ।

    इमाडोल १ का अनुसार, उनी २४ वर्षकी भइन् र काठमाडौं मेडिकल कलेजमा दन्त चिकित्साशास्त्र स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । ३४ वर्षीय दन्त चिकित्सक अविनाशकुमार रायसँगको प्रेमलाई लिएर आमाबाबुले आफूलाई एक महिना कोठामा थुनेर राखेको उनले बताइन् ।

    ‘प्रेम सम्बन्ध र विवाहको कुरा गर्दा बाबुआमाले मलाई ललितपुरको इमाडोलबाट लगेर सुनसरीको दुहवी नगरपालिका–४ भलुवाको घरमा एक महिना थुन्नुभयो’ उनले भनिन्, ‘अविनाशलाई नबिर्सिए मारिदिन पनि गाह्रो नमान्ने भन्दै धेरै पटक कुटपिट गर्नुभयो । अनेक प्रयासपछि मुस्किलले भागेर फुत्कन पाएँ ।’

    उनका अनुसार, महोत्तरीको पिगौना स्थायी घर भएका डा. रायसँगको डेढ वर्षे प्रेमलाई उनीहरु परिवारकै सहमतिमा विवाहमा परिणत गर्न चाहन्थे । त्यसका लागि गत वैशाखमा पहिलो पटक आमाबाबुलाई सम्बन्धबारे बताउँदै विवााह गरिदिन आग्रह गरेकी थिइन् । ‘उहाँहरुले जात मिल्दैन भनेर ठाडै अस्वीकार गर्नुभयो । पटक–पटक भन्दा पनि उहाँहरु मान्ने सम्भावना नदेखिएपछि हामीले असार २६ गते गुह्येश्वरी मन्दिरमा विवाह गर्यौं र आमाबुवाको स्वीकृति लिएर मात्र सँगै बस्ने सल्लाह गरेर आ–आफ्नो घर गयौं’, इमाडोल १ ले भनिन् ।

    मन्दिरमा विवाह गरेको कुरा पनि बताएपछि बुबाले अविनाशलाई बोलाएर गुन्डागर्दी गरेको आरोपमा कुटपिट गरेर प्रहरीमा बुझाएको उनले बताइन् । ‘सम्बन्ध नटुटाए अविनाशलाई मारिदिने भनेपछि म ७ साउनमा इमाडोलबाट दुहवी जान बाध्य भएँ’ उनले भनिन्, ‘त्यसपछि मलाई कोठामा थुनेर राख्नुभयो । परिवारको इज्जतमा दाग लगाएको बन्दै कहिले कहिले हातले त कहिले पाइपले बेस्सरी पिट्नुभयो ।’

    त्यसैबीच कसैको मोबाइल फोनबाट अविनाशलाई आफ्नो अवस्था बताउन सकेको र उनले राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीलाई भेटेर उद्धारको आग्रह गरेको उनले बताइन् । ‘पत्रकारसहितको टोली घरमा आउने तयारी हुन लागेको सुइँको पाएपछि परिवारले भदौ ५ गते ललितपुर ल्याएछ’, अन्सारीले अनलाइनखबरसँग भनिन् ।

    अन्सारीका अनुसार, त्यसबीचमा छोरी किन क्लासमा नआएको भन्दै कलेजबाट पटक–पटक फोन आएपछि विश्वासले भदौ ७ गते मंगलबार बिहान साढे आठ कलेज जान दिए । ‘कलेज पुगेर साथीको सहयोगमा उनले अविनाश र मसँग फोन सम्पर्क गर्न पाइन्’ अन्सारी भन्छिन्, ‘अहिले हाम्रै संरक्षणमा छिन् । बाँकी मानवअधिकार र अन्य प्रचलित कानुनअनुसार हुन्छ ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र
    आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • नेपालमा कम्युनिस्ट आन्दोलनको पुनरोदय किन र कसरी ?
    • पशुपतिनाथ मन्दिर: इतिहास, आस्था र नेपालको सांस्कृतिक पहिचानको केन्द्र
    • आज मिति २०८२ साल चैत्र २ गते सोमबार, तपाईको आजको राशिफल
    • १९३२ देखि आजसम्म: सेन्ट्रल जूको इतिहास र वन्यजन्तु संरक्षणको यात्रा:
    • किम जोङ उनले आफ्नी किशोरी छोरीको साथमा एकै पटकमा धेरै वटा रकेट प्रहार गर्न सक्ने प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रक्षेपण परीक्षण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.