• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालेनलाई सर्वोच्चको चुनौती अदालत भवनप्रति

"बालेनलाई सर्वोच्चको चुनौती अदालत भवनप्रति "

  •    संवाददाता abhiyankhabar/ शुक्रबार, भदौ १०, २०७९  

  • काठमाडौँ महानगरका मेयर बालेन साहलाई धम्कीपूर्ण चेतावनी नदिन र जिल्ला अदालत काठमाडौँमा अवैध संरचना बनाएको पुष्टि गर्न चुनौती दिएको छ । जिल्ला अदालत भवनको नक्सा पासको अभिलेख नभेटिएको भन्दै बालेनले त्यहाँ निर्मित संरचना भत्काइदिने चेतावनी दिएपछि सर्वोच्च अदालतका कायममुकायम मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले यस्तो चुनौती दिएका हुन् ।

    भवन विभागबाटै नक्सा पासको प्रक्रिया अघि बढाएर महानगरले तोकेको राजश्वसमेत दाखिला गरिसकेको दावी गर्दै पन्थीले त्यसको सबै कागजात सुरक्षित रहेकाले नक्सा पासको अनुमति नलिएको भन्ने आरोपको खण्डन गरे । महानगरकै कारण नक्सा पासमा विलम्ब भैरहेको बताउँदै पन्थीले सत्यतथ्य बुझेरमात्रै बोल्न मेयर बालेनलाई आग्रह पनि गरेका छन् ।

    ‘सरकारी भवन भएकाले भवन विभागले बनाएको हो । नक्सा पासका लागि महानगरले तोकेको रकम पठाएको देखिन्छ । चेकको फोटोकपीलगायत अरु डकुमेन्ट छ । महानगरको खातामा पैसा पनि उहिल्यै गैसकेको छ’,उनले भने । सरकारी निकायले प्रक्रिया पुर्याएर महानगरमा डकुमेन्ट इन्डोर्स गरिसकेको र राजश्व यकिन भैकन भुक्तानी भैसकेकाले नक्सा पासको अनुमति नलिएको भन्ने आरोप पुष्टि नहुने पन्थीको तर्क छ ।

    ‘उसले (महानगर) दाखिल गर भने जति पैसा पठाएको छ । प्रक्रिया अघि बढिरहेकै होला अनि अहिले नक्सा पास गरेको छैन,भत्काइदिन्छु भनेर हुन्छ ?’,पन्थीले सोधे, ‘महानगरमा इन्डोर्स गरिसकेपछि र पैसा तिरिसकेपछि त प्रक्रियामा जानुपर्ने होला नि !’

    बबरमहलस्थित सुविधासम्पन्न अत्याधुनिक जिल्ला अदालत भवन २०६० सालतिरै निर्माण भएको हो । तर,अहिलेसम्म नक्सा पास किन भएन भन्ने प्रश्नमा उनले शुल्क बढाएर गर्ने गरी महानगरले नै रोकेको दाबी गरे । त्यसैले बाटोमा उभिएर हावादारी कुरा गर्दै ‘हिरोइज्म’ देखाउन भन्दा नक्सा पासको प्रक्रियाबारे जानकारी लिन पनि पन्थीले मेयरलाई आग्रह गरेका छन् ।

    मेयर बालेन भने अवैध संरचना हटाउने नाममा ‘दबंग शैली’ मा केही दिनयता शहर पसेका छन् । हिजो काठमाडौँ मलमा निर्मित अवैध संरचना हटाउन दलबलसहित गएका उनी आज बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेका थिए । आफैँ बसेर काठमाडौँ मलमा डोजर चलाएका बालेनको आज बानेश्वरमा भने अल्फाबिटाका प्रतिनिधिसँग ‘भनाभन’ समेत भयो । यसअघि नर्भिक अस्पतालमा डोजर चलाउन खोज्दा अदालतको आदेशले पछि हट्न बाध्य भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.