साहित्य शृङ्खला ,पोखराको २३९औं नियमित शृङ्खला र शृङ्खलाद्वारा प्रकाशित त्रैमासिक पत्रीका ‘सृजना आलोक शृङ्खला -१७ औं अङ्क लोकार्पण तथा परिचर्चा कार्यक्रम पोखरामा भब्य रुपमा सम्पन्न भयो।सो कार्यक्रममा प्राध्यापक डाक्टर रबिलाल अधिकारीले सृजना आलोक शृङ्खलाले १७ औं अङ्क सम्म आइपुग्दा पत्रीकाले आफ्नो उचाइ कायम गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो।
समाज बदल्ने ,चेतना जगाउने खालका लेख रचना मात्र समाबेश हुने आलोक शृङ्खलाले आगामी दिनहरुमा जनताको पक्षमा महत्वपुर्ण योगदान दिनेछ भन्दै शुभकामना दिनु भएको थियो।पुर्व संयोजक भिम रानाभाटले शृङ्खलालाई अघि बढाउन धुरन्धर बिज्ञहरु ,ज्ञानका अथाहा सागर भएका गुरुहरु यहिं भित्र भएकाले यसलाई अझै उचाइमा पुर्याउन सकिने बिश्वास ब्यक्त गर्नु भएको थियो।
सल्लाहाकार नारायण परिश्रमी,अल्पबिराम पोखरेली,डा कृष्णराज अधिकारी लगायतका सल्लाहाकरहरुले सो अबसरमा आफ्ना महत्वपुर्ण भनाइका साथ शुभकामना मन्त्तब्य राख्नु भएको थियो। कार्यक्रमका बारेमा र आलोक शृङ्खला पत्रीकाका सम्बन्धमा अध्यक्ष लक्ष्मी थापाले प्रकाश पार्नु भएको थियो।
शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेल,बरिष्ठ कलाकार यादवचन्द्र भुर्तेलले पनि पत्रीकाको मुल्याङ्कन गर्दै शुभकामना दिनु भएको थियो। शृङ्खलाकाआजिवन सदस्य नुमराज बराल,अर्का सदस्य माधब खतिवडा,लक्षमी प्रसाद पौडेल,इन्द्र राना प्रतीक,माधवी बिष्ट,बृहस्पति सापकोटा,बिष्णु सापकोटा,सर्बज्ञ श्रेष्ठ,लिला के सी,बिकास लुङ्गेली,सन्तोष न्यौपाने लगायत दर्जनौं स्रष्टाहरुले कविता बाचन गर्नु भएको थियो।
सो अवसरमा १७ औं अङ्कको सामुहिक लोकार्पण भएको थियो ।समिक्षक स्ट्रगल रानाले साहित्य शृङ्खलाको ईतिहासका बारेमा चर्चा गर्दै आलोक शृङ्खलामा समाबेश भएका लेख रचनाहरुका बारेमा व्यापक चिरफार गर्नु भएको थियो।कार्यक्रमको अध्यक्ष्यता कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले गर्नु भएको थियो,सन्चालन सचिव काजी गाउँलेले गरेका थिए।
काजि गाउलेको सहयोग मा