• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीको तेक्वान्दो रेखमायाँले जितिन मलेसियामा स्वर्ण पदक

"शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । "

  •    संवाददाता साभार अभियान खबर / शुक्रबार, भदौ ०३, २०७९  

  • मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

    उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको प्रतिस्पर्धाबाट आठ जना खेलाडी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेकी हुन् । दोस्रो स्थानमा रहेकी मलेसियाकी खेलाडीले ७.६५ र तेस्रो स्थान हात पारेका इन्डोनेसियाकी खेलाडीले ७.०५ तथा मलेसियाकी खेलाडीले ६.५९ अंक ल्याएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

    यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत पदक जितिन् । उनको समूहमा पनि विभिन्न देशका ११ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । ११ मध्ये फाइनल चरणका लागि आठ खेलाडी छनोट गरिएको थियो । मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अंकका साथ रजत पदक पक्का गरेकी थिइन् । भियतनामकी खेलाडीले ६.५९ र मलेसियन खेलाडीले ६.०० अंक ल्याउँदै कांस्य पदक जितेका थिए ।

    यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत पदक जिते । सात जनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा पाँच खेलाडी छनोट भएका थिए । उनीहरुमध्ये मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जिते । खानले ७.४९ अंक ल्याएका थिए । तेस्रो स्थान हात पारेका मलेसियन खेलाडीले ७.३९ र ७.२३ अंक ल्याएका थिए ।

    यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए । सात जना सहभागी यस समूहमा फाइनल चरणका लागि पाँच खेलाडी छनोट गरिएको थियो । फाइनलमा रोशनले ५.०७ अंक ल्याउँदै रजत पदक पक्का गरेका हुन् । ६.०५ अंक ल्याएका मलेसियन खेलाडीले स्वर्ण जित्दा ५.०५ अंक जोडेका इन्डोनेसिया र ५.०३ अंक ल्याएका मलेसियाका खेलाडीले कांस्य पदक जिते ।

    च्याम्पियनसिपमा शनिबारदेखि ग्योरोगी सुरु हुने तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिए । मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

    साभार  पोखरा स्पोर्ट डट कम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.