• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीको तेक्वान्दो रेखमायाँले जितिन मलेसियामा स्वर्ण पदक

"शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । "

  •    संवाददाता साभार अभियान खबर / शुक्रबार, भदौ ०३, २०७९  

  • मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

    उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको प्रतिस्पर्धाबाट आठ जना खेलाडी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । फाइनलमा रेखमायाले ७.७७ अंक ल्याउँदै स्वर्ण जितेकी हुन् । दोस्रो स्थानमा रहेकी मलेसियाकी खेलाडीले ७.६५ र तेस्रो स्थान हात पारेका इन्डोनेसियाकी खेलाडीले ७.०५ तथा मलेसियाकी खेलाडीले ६.५९ अंक ल्याएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

    यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत पदक जितिन् । उनको समूहमा पनि विभिन्न देशका ११ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । ११ मध्ये फाइनल चरणका लागि आठ खेलाडी छनोट गरिएको थियो । मलेसियन खेलाडीले ८.०३ अंक ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अंकका साथ रजत पदक पक्का गरेकी थिइन् । भियतनामकी खेलाडीले ६.५९ र मलेसियन खेलाडीले ६.०० अंक ल्याउँदै कांस्य पदक जितेका थिए ।

    यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत पदक जिते । सात जनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा पाँच खेलाडी छनोट भएका थिए । उनीहरुमध्ये मलेसियाका खेलाडीले ७.७७ अंकका साथ स्वर्ण जिते । खानले ७.४९ अंक ल्याएका थिए । तेस्रो स्थान हात पारेका मलेसियन खेलाडीले ७.३९ र ७.२३ अंक ल्याएका थिए ।

    यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गरेका थिए । सात जना सहभागी यस समूहमा फाइनल चरणका लागि पाँच खेलाडी छनोट गरिएको थियो । फाइनलमा रोशनले ५.०७ अंक ल्याउँदै रजत पदक पक्का गरेका हुन् । ६.०५ अंक ल्याएका मलेसियन खेलाडीले स्वर्ण जित्दा ५.०५ अंक जोडेका इन्डोनेसिया र ५.०३ अंक ल्याएका मलेसियाका खेलाडीले कांस्य पदक जिते ।

    च्याम्पियनसिपमा शनिबारदेखि ग्योरोगी सुरु हुने तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङले जानकारी दिए । मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

    साभार  पोखरा स्पोर्ट डट कम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.