रेडियो सराङकोट १०४.६ मेगाहर्जको १६ औं वार्षिकत्कोसव माछापुच्छ्रे बैंककुइट प्रा.लि.मा बिहिबार मनाएको छ । “एकताबद्ध सहकार्य,आर्थिक उन्नतीका लागि सहकारी” भन्ने मुल्मन्त्रलाई आत्मासाथ गर्दै रेडियो सराङ्कोट दैनिक रुपमा प्रसारण गरिदै आएको छ ।स्थानीय समुदायको पहलमा वि.सं. २०६३ साल असोजमा सराङ्कोट बहुउद्देश्यीय सहकारी सस्था द्वारा स्थापित तथा संचालित समुदायमा समर्पित रेडियो सराङकोटले १६ औं वार्षिक उत्सव भब्य संग मनाइयो ।
स्थापनाकाल देखि समुदाय संग सम्बन्धित सामाजिक शैक्षिक स्थानीय धार्मिक गतिविधिबारे प्रमुख प्राथमिकतामा राखी बिहान ५ बजे देखि रातिको १०:३० सम्म निरन्तर प्रसारन गर्दै आएको छ। रेडियो दैनिक प्रसारण संगै सम्बन्धित सामाजिक, उत्तरदायित्व मुलक कार्यक्रमहरु गर्दै आएको छ जस्तै रक्तदान,विपन्न अपांग,खाद्यान्न, औषधिहरु बितरण गार्दै आएको छ । कोभिड १९ को पहिलो र दोस्रो चरनमा रगतको उच्च अभाव पोखरा र पोखरा आसपासका विभिन्न क्षेत्रहरुमा गई ३०० वाइट भन्दा बढी रगत संकलन,दैनिक ज्यालादारी मजदुर,अपाङ्गगता भाएका व्यक्तिहरुको घर कोठामै पुगि राहत बितरण गरिएको थियो ।
रेडियोले वार्षिक रुपमा प्रतिभा खोजी तिज नृत्य प्रतियोगिता , प्रतियोगिता स्वास्थ सम्बन्धी संघ सस्थाको कार्यक्रमहरुमा निशुल्क सहकार्य गर्दै आएको छ । रेडियो स्थापानाकाल देखि हाल सम्म आउदा ५० भन्दा बढी दक्षजनशक्तिको उत्पादन गरेको छ । रेडियोको संचालन सस्था सराङ्कोट बहुउद्देश्यीय सहकारीद्वारा बचत,ऋण लगानी कार्यमा ७० करोडको कारोबार गर्दै आएको छ । यो सस्थाले स्थापनाकाल देखि नै नेपाल सरकार सहकारी मन्त्रालयबाट उत्कृष्ट सचिव सम्मान वि.सं.२०७८ साल लगाएत विभिन्न सामाजिक संघ सस्थाहरुबाट विभिन्न सेवा सम्मानहरु प्राप्त गरेको छ साथै हरितालिका तिजको अवसरमा महिला सन्चारकर्मीहरुलाई तिज विशेष कार्यक्रमको लागि रेडियोका निर्देशक रमेश कुमार थापाले गरिने भएको छ ।
मिडिया फुटसल प्रतियोगिता कार्यक्रम वि.सं. २०७९ असोज ७/८ गत्ते प्रतियोगिता गरिने भएको छ । मिडिया फुटसल प्रतियोगिता कार्यक्रमको बरिस्ठ संयोजक कार्यक्रम प्रस्तोता युबराज भन्डारी रहेका छ र कार्यक्रममा सम्मान तथा प्रोत्साहन कार्यक्रम रक्तदान, सरसफाइ कार्यक्रम हुने भएको छ । रेडियो सराङ्कोटको १६औं वार्षिक उत्सब कार्यक्रममा मिडिया फुटसल संयोजक युवराज भन्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो र रेडियो सराङ्कोटका प्रबन्धक अर्जुन बस्नेतले मन्तव्य साथै कार्यक्रमको समापन गरिदिनु भएको थियो । रेडियोका स्टेशन म्यानेजर योगेस श्रेष्ठले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।







