एजेन्सी ।
भारतको राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ ।
दलित समुदायका एक बालकले शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गरी उक्त बालकको हत्या गरेको जनाइएको छ ।
उक्त घटना भारतको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा भएको जनाइएको छ ।
प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
स्रोतका अनुसार कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि अहमदाबाद लगिएको थियो । उक्त नौ वर्षीय बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो ।