धनगढी ।
बैतडीमा पासोमा परेको गर्भवती चितुवाको मृत्यु भएपछि दुईवटा बच्चा निकालिएको छ । दशरथचन्द नगरपालिका–४ बिनासौंमा किसानहरूले बँदेलका लागि थापेको पासोमा चितुवा परेको थियो । उद्धारको क्रममा चितुवा मरेको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका विशाल पाठकले जानकारी दिए ।
उद्धार गरी भेटनरी अस्पताल लैजाँदै गर्दा चितुवा मरेको थियो । चितुवा मरेपछि पोस्टमार्टम गर्दा उक्त चितुवाको पेटमा दुईवटा बच्चा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चितुवाको बच्चा भेटनरी अस्पताल बैतडीमा हेरचाह र रेखदेखका लागि राखिएको छ । मरेको चितुवा बैतडीका सबै सुरक्षा निकाय, जिल्ला वन कार्यालय र स्थानीय सरोकारवालाको रोहबरमा गाडिएको छ ।
साभार www.baarhakhari.com








