• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालकोटको योजना दश भाईलाई छानिछानि हराउने

"नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी थालेको छ । "

  •    संवाददाता/ बुधबार, भदौ ०१, २०७९  

  • पूर्व माधव समुहबाट आएका ‘१० भाई’लाई छानिछानि हराउने योजना बालकोटमा बनेको छ । त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ ।‘१० भाई’ र तिनका समर्थक सांसदमध्ये बढीमा ३ जनाले टिकट पाउँदै छन् । स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन् । अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ भनेर टिकट नदिने योजना ओलीले बताएका छन् । शाक्यको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ ।

    उता लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउने योजना छ । भीम रावलको क्षेत्रमा झपट बोहरा अगाडि बढिसकेका छन् । घनश्याम भुसालको क्षेत्र रुपन्देही-३ मा पनि राप्रपासँगको तालमेलका नाममा दिपक बोहोरालाई उठाउने बलियो सम्भावना छ ।

    भीम आचार्यको क्षेत्र सुनसरी–२ मा जिल्ला पार्टी अध्यक्ष रेवती भण्डारीको उम्मेदवारी करिव निश्चित भएको छ । गोकर्ण विष्टको गुल्मी–२ मा पत्रकार राजेन्द्र अर्याललाई अगाडि सार्ने सम्भावना छ । एमाले स्रोतका अनुसार ओलीले उम्मेदवार बनाउन चाहेका ‘१० भाइ’ मध्येका योगेश भट्टराईलाई ताप्लेजुङबाटै उठ्ने कुरा चुनौतिपूर्ण बनेको छ ।

    उनी नेपाल पक्षमै हुँदा सोही खेमाका तिलकुमार मेन्याङवो ओलीतिर गएका थिए । कारण थियो, ताप्लेजुङबाट योगेशलाई ‘बिदा’ गर्ने । हालै एमाले ताप्लेजुङको बैठकमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनअघि योगेशले आफू ताप्लेजुङबाट अर्कोपटक नउठ्ने बताएको र यसपटक तिलकुमारले टिकट पाउनुपर्ने विषय उठेको थियो । तर, योगेशले भने आफूले त्यसो नभनेको बताएका छन् ।

    अहिलेको चुनावी रस्साकस्सीमा ताप्लेजुङमा लिम्बू र गैरलिम्बू उम्मेदवारको बहसले पनि चर्को रुप लिइसकेको छ । त्यसैले योगेशलाई झापाको क्षेत्र नं. १ मा झार्ने सम्भावना छ । तर, यदि त्यस्तो भयो भने त्यहाँ उम्मेदवारीको दाबी गरिरहेका ओलीपक्षीय गोपाल बुढाथोकी र पूर्वमाधव नेपाल समूहका चन्द्र भण्डारी नै बाधक बन्ने अवस्था छ ।

    अर्का नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा तामाङ र चेपाङ समुदायको बाहुल्यता छ । अघिल्लो पटक नै संघीय संसदको टिकट दाबी गरेर पछि प्रदेशसभामा गएका दावा दोर्जे लामाले यसपटक टिकट नपाए बागी नै भए पनि उठ्ने भनिरहेका छन् ।

    रघु पन्तको निर्वाचन क्षेत्र ललितपुर-३ मा बाबुकृष्ण कार्कीलाई अगाडि बढाइएको छ । राप्रपाबाट एमाले प्रवेश गरेका उनी ०७४ को स्थानीय निर्वाचनमा उपमेयरका उम्मेदवार थिए । अरुण नेपालको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ मा यसपटक सरेश नेपालको उम्मेदवारी टुंगो लाग्ने भएको छ ।

    अघिल्लो निर्वाचनमा कञ्चनपुर-३ बाट जितेका दिपकप्रकाश भट्टलाई यसपालि टिकट नदिने पक्कापक्की भएको छ । उक्त क्षेत्रबाट ओलीले निरुदेवी पाललाई उठाउने तयारी गरेका छन् । ०७४ मा कैलाली-२ बाट चुनाव जितेका झपट रावललाई रोक्न उक्त क्षेत्र तालमेलमा सहभागी दललाई दिइने भएको छ ।

    कैलाली रेशम चौधरीको पकड जिल्ला भएका कारण उनकै पार्टीले उक्त क्षेत्र पाउने सम्भावना छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.