• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महावीर पुनलाई अर्थमन्त्रीको प्रस्ताव कृषि औजार कारखाना सञ्चालनबारे अध्ययन गर्न

"महावीर पुनलाई अर्थमन्त्रीको प्रस्ताव कृषि औजार कारखाना सञ्चालनबारे अध्ययन गर्न "

  •    संवाददाता / मङ्गलबार, साउन ३१, २०७९  

  • ३० साउन, काठमाडौं ।

    अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

    सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई औजार उतपादन मात्र नभई आविष्कार केन्द्रका रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

    भेटमा उक्त कारखानाबाट नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणको उत्पादन, मर्मत सम्भार र नयाँ औजारको आविष्कार समेत गर्न सकिने बताएका छन् । कारखानालाई पुनर्जीवन दिएर उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्र बनाउने अर्थमन्त्रीको योजनामा आफ्नो समर्थन रहने उनले जानकारी गराए ।

    उनले भने, ‘कृषि औजार कारखानाबाट नेपालको ग्रामिण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण र साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजार समेत निर्माण गर्न सकिन्छ ।’

    अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको सुझाव अनुसार सरकारले छिट्टै यो कारखानालाई पुनर्जीवन दिने बताए । २०२१ सालमा स्थापना भएको कृषि कारखाना २०५९ सालबाट पूर्ण रुपमा बन्द भएको हो । वीरगञ्जमा ९ बिघा क्षेत्रफलमा कारखाना रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.