• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुरुङ हरुको बिशेस सांस्कृतिक पर्व ट्होटेको अवसरमा मङ्गलवार पाेखरा महानगरले दियो स्थानीय बिदा

"गुरुङ हरुको बिशेस सांस्कृतिक पर्व ट्होटेको अवसरमा मङ्गलवार पाेखरा महानगरले दियो स्थानीय बिदा "

  •    संवाददाता अल्चना श्रेष्ठ / सोमबार, साउन ३०, २०७९  

  • पोखरा, ३० साउन ।

         गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।

    वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए।

    गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उधाैलीका रूपमा मनाउने गरिएको छ ।

    परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागी गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी, सुलाची, चिम्टा लगायतका सामाग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतलाई धपाउने गर्दछन् ।

    गाउँमा खेतीपाती राम्रो होस, शत्रुहरू नाश होउन् भन्ने कामना सहित गाउँमा ट्होटे मनाउने गरिएता पनि हाल आफ्नो मौलिक भेसभुसा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको पाइन्छ ।

    ट्होटेमा पछिल्लो समय गुरुङ मात्र नभई आदिवासी जनजातिहरू मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि सहभागी हुँदै आएका छन् ।

    वर्षको दुई पटक उभौली र उँधौलीको रूपमा मनाइने गुरुङ समुदायको ट्होटे पर्वले गुरुङ समुदायको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिन खोजेको पाइन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.