• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विद्युतीय उपकरणहरू प्रयोग नहुँदा पनि प्लग जोड्ने गर्नुहुन्छ ? यस्तो छ जान्नैपर्ने कुरा

"विद्युतीय उपकरणहरू प्रयोग नहुँदा पनि प्लग जोड्ने गर्नुहुन्छ ? यस्तो छ जान्नैपर्ने कुरा "

  •    संवाददाता/ आइतबार, साउन २९, २०७९  

  •           विद्युत बचाउने कुरामा सबैजना सचेत हुन्छन् । विद्युतको महसुल कम होस् भनेर प्राय हामी काम नपर्दा चार्जर झिक्छौं, टिभी, फ्रिज प्रयोगमा नहुँदा अनप्लग गर्छौं ।

    तर के साँच्चै विद्युतीय उपकरण प्रयोग नहुँदा अनप्लग गरेर विद्युत बचाउन सकिन्छ त ? यो धेरै जनाको दिमागमा उब्जिने प्रश्न हो ।

    इनर्जी सेभर वेबसाइटका अनुसार  विद्युतीय उपकरणहरू बन्द गरेर अन प्लग नगर्दासम्म विद्युत खपत भइराख्छ । उपकरणहरू बन्द हुँदा पनि निम्न कुराले विद्युत खपत भइरहेको हुन सक्छ ।

    • विद्युतीय उपकरणहरू बन्द हुँदा पनि कतिपय उपकरणमा बन्द रहेको देखाउने लाइट तथा डिस्प्लेले विद्युत खपत गरिरहेको हुन्छ ।
    • कम्प्युटरलाई नचलाई स्लिप मोडमा राख्दा पनि यसले चलिरहेका कामहरुलाई सेभ गरिरहन केही इनर्जी लिन्छ । यदि कम्प्युटर तथा ल्यापटपमा पावर सप्लाइ भइरहेको अवस्थामा त्यहीँबाट यसले पावर लिन्छ र विद्युत खपत बढ्न सक्छ ।
    •  केही घरायसी उपकरणहरु जस्तै फ्रिज, लुगा धुने तथा सुकाउने मसिनजस्ता उपकरणहरु सधै पावरमा जोडिराख्दा विद्युत खपत हुन्छ । अहिले केही उपकरणहरु इन्टरनेट कनेक्सन प्रयोग गर्ने खालका पनि हुन्छन् । जुन सधै अन हुँदा विद्युत खपत बढ्छ ।

    संयुक्त राज्य अमेरिकाको ऊर्जा विभागको अनुसार नचाहिएको बेला पनि प्लग ईन गरिराख्दा प्लग ईन नगर्दा भन्दा पाँचदेखि १० प्रतिशतसम्म विद्युत खपत धेरै हुन्छ ।

    यो सबै तपाईंले कति वटा उपकरण प्रयोग गर्नुहुन्छ र ती उपकरणकाे प्रयोग तपाईंले कसरी गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ । यदि तपाई धेरै विद्युतीय उपकरण प्रयोग गर्नुहुन्छ अनि अन प्लग गर्नु हुन्न भने विद्युत खपत पाँच देखि १० प्रतिशतभन्दा धेरै हुन सक्छ ।

    कोलोराडो स्टेट युनिभर्सिटीमा गरिएको एक प्रयोगमा रेडियो, सीडी प्लेयर तथा टेप प्लेयरलाई नचलाई प्लग ईन मात्र गर्दा तिनीहरूले लगातार ४ वाट विद्युत खपत गरेको पाइयो ।

    द नेचुरल रिसोर्स डिफेक्स काउन्सिलको एउटा प्रतिवेदनको अनुसार प्रयोग नभएको बेला सबैले आफ्नो विद्युतीय उपकरण अन प्लग गर्ने हो भने पनि वार्षिक करिब आठ मिलियन डलर खर्च बच्ने उल्लेख गरिएको छ ।

    साथै वार्षिक करिब ६४ बिलियन किलोवाट प्रति घन्टा विद्युत बचत हुने बताइएको छ । साथै विद्युतीय उपकरण अन प्लग गर्दा पनि वार्षिक ४४ मिलियन मेट्रिक टन कार्वन डाइअक्साइड उत्सर्जनलाई रोक्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ

    साथै द नेचुरल रिसोर्स डिफेक्स काउन्सिलले अनुमान गरे अनुसार सँधै विद्युतीय उपकरण अन राख्ने हो भने एउटा परिवारले विद्युतको महसुल १६५ अमेरिकन डलरसम्म बढी तिर्न पर्नसक्ने बताइएको छ ।

    त्यसैले प्रयोग नभएको बेला विद्युतीय उपकरण अन प्लग गर्ने बानी बसाल्नुहोस् । प्रयोग नहुँदा बत्ती तथा पङ्खा बन्द गर्ने गर्नुहोस् । यसो गर्दा मात्र पनि तपाईंले आफ्नो पैसा तथा वातावरणलाई पनि जोगाउन सक्नुहुनेछ । साथै यसको विद्युतको अभावलाई समय केही हदसम्म गर्न सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.